-
“प्रारम्भिक बालविकास Early Childhood Development (ECD)” तालिम समुद्घाटन तथा कार्यसमिति सदस्य पदमा नियुक्ति कार्यक्रम सम्पन्न ।
२०८२-०३-२३नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा International Child Development Program (ICDP)को समन्वय तथा सहकार्यमा ७ (सात) दिन कार्य अवधिको प्रारम्भिक बालविकास Early Childhood Development (ECD) तालिम समुद्घाटन कार्यक्रम सम्पन्न भयो । साथै नेपाल प्रहरी श्रीमती संघद्वारा रिक्त रहेको कार्यसमितिको सदस्य पदमा श्रीमती राधिका खतिवडाज्यूलाई नियुक्ती गरिएको । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू, सचिव प्रशासन श्रीमती रुचि शर्माज्यू, कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यू, कार्यसमितिका सदस्य श्रीमती मुना रेग्मीज्यू, श्रीमती कल्पना काफ्लेज्यू, श्रीमती अरिना राईज्यू, International Child Development Program (ICDP) सहजकर्ता सिर्जना तिवारीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले प्रारम्भिक बालबिकासको चरणमा दिईएको स्नेह, स्याहार र उचित मार्गदर्शन नै बालबालिकाहरुको भविष्यको आधारशिला हो । हामीले हाम्रो भविष्यको आधारस्तम्भको रुपमा रहेका बालबालिकाहरुलाई तिनीहरुको समग्र विकासको लागि प्रारम्भिक शिक्षा, अभिभावकिय सिप प्रदान गर्ने उदेश्यको साथ यस तालिम सञ्चालन गरिएको र प्रारम्भिक बालबिकास ( Early Childhood Development) को चरणमा प्राप्त आधारभुत शिक्षा, स्याहार, संरक्षण र संस्कारले बालबालिकाहरुको सम्पूर्ण व्यक्तित्व निर्माणमा अमुल्य भुमिका खेल्ने समेत बताउनु भयो ।
[ विस्तृतमा ] -
लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२५ को अवसरमाआसरा सुधार केन्द्र रानीबारी काठमाण्डौमा आयोजित कार्यक्रम ।
२०८२-०३-०९काठमाडौँ, २०८२ असार ०९ गते, सोमबार ।आसरा सुधार केन्द्र रानीबारी तथा यस संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको सभाध्यक्षतामा आसरा सुधार केन्द्र रानीबारी परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२५ को अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी आदरणीय उपाध्यक्षज्यू, आसरा सुधार केन्द्रकी आदरणीय सचिवज्यू, कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा केन्द्रका कर्मचारीहरु लगायत उपचाररत सदस्यहरुको उपस्थितीमा आसरा सुधार केन्द्रकी आदरणीय कोषाध्यक्ष कुशुम अधिकारीज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई आसरा सुधार केन्द्रकी आदरणीय सचिव श्रीमती शामिला पोखरेलज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको, उपचाररत सदस्यहरुबाट तयार पारिएका साँस्कृतिक कार्यक्रम, जनचेतनामूलक नाटक प्रस्तुती तथा ३० वर्षे सेवा अवधिको कारण अनिवार्य अवकाश जानु भएका पूर्व प्रहरी नायव निरीक्षक नरेन्द्र कुमार शाह ठकुरीलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट मायाँको चिनो र कदर पत्र प्रदान तथा केन्द्रले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका बिजेता उपचाररत खेलाडी सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट पुरस्कार बितरण गर्नु भई समादरणीय अध्यक्षज्यूबाट आफ्नो प्रेरणादायी धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमका केही झलकहरु ।
[ विस्तृतमा ] -
पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक” कार्यक्रम
२०८२-०३-०६काभ्रे, २०८२ असार ०६ गते, शुक्रबार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा क्यान्सर काउन्सिल नेपालको सहकार्य र नेपाल प्रहरी संगित विद्यालयको समन्वयमा नेपाल प्रहरी श्रीमती संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल साँगा काभ्रेमा “पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक” कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा यस संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यू, संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, क्यान्सर काउन्सिल नेपालका अध्यक्ष श्री रुद्रलाल कडरियाज्यू, Resource Person डा. श्री किशोर कुमार प्रधानाङ्गज्यू, Breast Cancer Specialist डा. करिष्मा प्रधानाङ्गज्यू, सदस्य श्री रामकाजी भुजेलज्यू, नेपाल पुलिस स्कुलका प्राचार्यज्यू, समादेशकज्यू, सह-प्राचार्यज्यूहरु, कोडिनेटरज्यूहरु, शिक्षक/शिक्षिकाज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, विद्यालयमा अध्ययनरत छात्राहरु, संगित विद्यालयका प्रहरी कर्मचारीज्यूहरु तथा अन्य महिला प्रहरी कर्मचारीज्यूहरु समेत गरी ४३१ जना सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा कानूनी सल्लाहकार श्रीमती राधिका खतिवडाज्यूद्वारा महिला तथा बालबालिका संग सम्बन्धित ऐन नियमका कुराहरु, क्यान्सर काउन्सिल नेपालद्वारा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतनाका साथै नेपाल प्रहरी संगित विद्यालयबाट नाटक तथा नृत्य प्रदर्शनी गरिएको थियो ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले व्यस्त जिवन शैली, स्वास्थ्य सम्वन्धी जानकारीको अभावको कारण हामीले जीवनमा थुप्रै स्वास्थ्य सम्बन्धी जटिलताहरुको सामना गर्नु परेको कुरा जानकारी गराउदै जस्तै महिलाहरुमा देखिने पाठेघर तथा स्तन क्यान्सर एक घातक रोग हो । तर समयमै पहिचान र उपचार गरेमा निको हुन सक्ने हुनाले समयमै परीक्षण, स्वास्थ्यप्रति सजगता र आत्मविश्वास नै यस रोगबाट बच्ने सबै भन्दा प्रभावकारी उपायहरु हुन भनि बताउनु भएको थियो ।
[ विस्तृतमा ]
प्रकाशित मिति | शीर्षक | कार्यहरु |
---|---|---|
२०८१-०६-०२ | परिचय पत्र फाराम | |
२०८१-०५-२८ | छात्रवृत्ति सम्बन्धि जानकारी |
हाईलाईटहरु
- “शैक्षिक सामाग्री” वितरण कार्यक्रम सम्पन्न ।
- “प्रारम्भिक बालविकास Early Childhood Development (ECD)” तालिम समुद्घाटन तथा कार्यसमिति सदस्य पदमा नियुक्ति कार्यक्रम सम्पन्न ।
- लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२५ को अवसरमाआसरा सुधार केन्द्र रानीबारी काठमाण्डौमा आयोजित कार्यक्रम ।
- नव नियुक्त पदाधिकारीज्यूहरुलाई नियुक्ती पत्र प्रदान कार्यक्रम सम्पन्न ।
- मानसिक स्वास्थ तथा लागूऔषध सम्बन्धी मनोपरामर्श अभियान कार्यक्रम सम्पन्न ।
- नव वर्ष २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
- फलफूल वितरण तथा “Physiotherapy Digital Treadmill & Electric Geyser हस्तान्तरण कार्यक्रम सम्पन्न ।