प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
  • नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
    २०८३-०५-११

    मिति २०८३।०५।११ गते, विहीबार नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON)  बीच प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।यस समझदारी पत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर/अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई PABSON आवद्ध विद्यालयमार्फत छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउन सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक सुरक्षा तथा बाल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनमा सहकार्य गरिनेछ  साथै विद्यालय बसका चालक तथा सहचालकहरूका लागि ट्राफिक नियम, विद्यार्थी सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको समेत सहकार्य गरिनेछ ।  संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू तथा PABSON का अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यूले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, PABSON  का पदाधिकारीज्युरहरु र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो 

    [ विस्तृतमा ]
  • ४२ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न ।
    २०८३-०५-०४

    काठमाडौं, २०८३ भाद्र ४ गते  बिहिबार यस नेपाल  प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सव विशेष समारोह कार्यक्रम नेपाल पुलिस क्लव  The Blue Pavilion  को सभाहलमा “सहचरी स्मारिका २०८३” को विमोचन सहित सम्पन्न भएको छ ।माननीय महिला बालबालिका , लैङ्गिक तथा यौनिक अल्पसख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुलीज्यू, नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, यस संघका संस्थापक अध्यक्ष श्रीमती बशुन्धरा लामाज्यू, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती संजिवी कार्कीज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका  अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यू, श्रीमती जानकी महत कार्कीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, निजामती कर्मचारी श्रीमती संघ, सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमममा प्रमुख अतिथिज्यूबाट समाजसेवी ECDC/पुतली घरका अध्यक्ष पुष्पा बस्नेतज्यू, समाजसेवी नविन जोशी, तेक्वान्दो खेलाडी  पलेशा गोबर्धन, प्रहरी जवान साहना बोहरा र प्रहरी कार्यालय सहयोगी नारिका राईलाई  सम्मान पत्र प्रदान गर्नु भई सम्बोधन मन्तव्य समेत प्रदान गर्नु भएको थियो भने विशिष्ट  अतिथि नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले समाजसेवी पूजा विश्वकर्मा बस्नेतज्यू, कलाकार सरोज ओलीज्यू, सहचरी नाटकका रचनाकार पूर्व प्र.ना.उ. शिवराज बस्नेतज्यू गोपाल गौरीदिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमज्यूलाई कदर प्रत्र प्रदान गर्नु भई नेपाल प्रहरी श्रीमती संघलाई शुभकामना मन्तव्य समेत प्रदान गर्नु भएको थियो ।साथै उक्त कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले  CBM College का अध्यक्ष लेखनाथ कोइरालाज्यू, Lord Buddha Education Foundation का अध्यक्ष पंकज जलानज्यू,  नेपाल एस.वि.आई. बैंक लि.का. प्रमुख व्यवसाय विकास अधिकृत  प्रविनमूनी बज्राचार्यज्यू , नेपाल प्रहरी अस्पतालका प्रा.डा. जयन्ती ढुङ्गानाज्यू, नेपाल प्रहरी संगित विद्यालयका प्र.ना.उ. रमन बहादुर पल्लि मगरज्यू, साहारा असहाय बाल सुधार गृहका सञ्चालक इश्वरी गुरुङज्यू,  नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाका प्र.व.ना.नि. सन्तोष लामाज्यू, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाका प्रहरी जवान बिरेन्द्र बुढाज्यू , नेपाल प्रहरी अस्पतालका प्रहरी कार्यालय सहयोगी  भावनी सापकोटालाई समेत  प्रशंसा पत्र प्रदान गर्दै संघको ४२ औं वार्षिकोत्सवको पावन अवसरमा संघलाई स्थापना कालदेखि हाल सम्मको अवस्थामा पुर्याउन महत्वपूर्ण  योगदान दिनु हुने संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु  लगायत संघका पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरुप्रति उहाँहरुले निर्वाह गर्नु भएको भूमिका  र योगदानको विशेष महत्वका साथ स्मरण गर्दै  संघको सामाजिक सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा सहयोग पुर्याउनु हने नेपाल प्रहरी संगठन , विभिन्न संघ संस्था  तथा व्यक्तित्वहरुलाई उहाँहरुको साथ, समर्थन र सहयोगको लागि विशेष  धन्यवाद अर्पण गर्नु भएको थियो । त्यसै गरी नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) श्रीमती वरुणा वडाल थपलियाज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । उक्त समारोहमा संघ तथा प्रदेशद्वारा सम्पन्न गरिएका कार्यक्रम गतिविधि समेटिएको वृत्त वित्र तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक एलिजा गिरीज्यू र प्रहरी सहायक निरीक्षक विद्या घलेज्यूले गर्नु भएको थियो ।

    [ विस्तृतमा ]
  • लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
    २०८३-०३-१२

    विराटनगर, मिति २०८३।०३।१२ गते, शुक्रवार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र पानवारी, धरान सुनसरीको सहकार्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ श्री पब्लिक माध्यमिक विद्यालय, धरान–१३, फुस्रे, सुनसरी मा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक श्रीमान् बिनोद घिमिरे ज्यू, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौकी प्रशासन सचिव श्रीमती रोजि तुलाधर अधिकारी ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, आसरा सुधार केन्द्र पानबारी धरानका संञ्चालक समितिका पदाधिकारी ज्यूहरु, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौं बाट पाल्नु भएका परामर्शदाता ज्यूहरु, आसरा सुधार केन्द्र पानवारी, धरानका कर्मचारीहरु, बिद्यालयका प्रधानध्यापक, शिक्षक/शिक्षिकाहरु, विद्यार्थी र अभिभावक लगायत अन्दाजी १५० जनाको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत कक्षा-१ देखि ५ सम्मका ५७ जना विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गर्नुका साथै कक्षा-९ र १० मा अध्ययनरत विद्यार्थीहरु लाई आसरा सुधार केन्द्र, रानीवारी, काठमाडौंका परामर्शदाता सम्राट नर्सिङ प्रधान र गौरव सिरोहिया द्वारा लागू औषध दुरुपयोगका असर, रोकथाम तथा सुरक्षित जीवनशैली सम्बन्धी सचेतनामूलक अभिमुखीकरण प्रदान गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि श्रीमती नविना खत्री कार्की ज्यूले लागू औषधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बालबालिकामा समयमै सचेतना अभिवृद्धि गर्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०६-०२ सदस्यता फारम
२०८१-०५-२८ छात्रवृत्ति सम्बन्धि जानकारी
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
नेपाल प्रहरी श्रीमती संघ
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरी श्रीमती संघ सँग सम्बन्धित विभिन्न कार्यक्रम, गतिविधि तथा परियोजनाहरुको बारेमा सुचित रहनुहोस्।

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview