प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव वर्ष २०८३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।

२०८२-१२-२०

  • A
  • A-
  • A+

काठमाडौ,२०८२ चैत्र २० गते शुक्रबार ।

नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्रीमति सुस्मिता के.सी.ज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, संघका सचिव (कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, आसरा सुधार केन्द्रका सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्नुका साथै आपसी एकता, सहकार्य र समर्पणभावका साथ अगाडि बढ्दै समाज सेवामा थप सक्रिय रहनुपर्ने उल्लेख गर्दै नव वर्ष २०८३ शुभकामना कार्ड समेत प्रदान गर्नुभएको थियो ।