प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम

२०८३-०२-०७

  • A
  • A-
  • A+

काठमाडौं, २०८३ जेठ ०७ गते बिहीबार,

नेपाल प्रहरी श्रीमती संघ र CBM-College of Business Management बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित सम्झौता पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र CBM-College of Business Management का तर्फबाट Chairman लेखनाथ कोइरालाज्यूले हस्ताक्षर गर्नु भएको थियो ।

गुणस्तरीय शिक्षा, नैतिक मूल्य र अनुशासनको जग बसाल्दै आजको शैक्षिक जगतमा आफ्नो नाम कमाउन सफल CBM College सँग भएको यस सम्झौता पत्र मार्फत नेपाल प्रहरीमा सेवारत तथा अवकासप्राप्त प्रहरी कर्मचारीका परिवारहरू र अमर/अशक्त प्रहरीका परिवारलाई लक्षित गरी गुणस्तरीय Science/Law/Management मा +2, BBS/BBS+, BBM र MBS का विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रवृत्ति र क्षमता विकासका अवसरहरू प्रदान गर्ने सहमति भएको उक्त समझदारीपत्र (MoU) कार्यक्रममा CBM College का पदाधिकारीज्यूरहरु, श्रीमती संघका महासचिव, कार्यक्रम सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।