लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२
- A
- A-
- A+
विराटनगर, मिति २०८३।०३।१२ गते, शुक्रवार ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र पानवारी, धरान सुनसरीको सहकार्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ श्री पब्लिक माध्यमिक विद्यालय, धरान–१३, फुस्रे, सुनसरी मा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक श्रीमान् बिनोद घिमिरे ज्यू, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौकी प्रशासन सचिव श्रीमती रोजि तुलाधर अधिकारी ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, आसरा सुधार केन्द्र पानबारी धरानका संञ्चालक समितिका पदाधिकारी ज्यूहरु, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौं बाट पाल्नु भएका परामर्शदाता ज्यूहरु, आसरा सुधार केन्द्र पानवारी, धरानका कर्मचारीहरु, बिद्यालयका प्रधानध्यापक, शिक्षक/शिक्षिकाहरु, विद्यार्थी र अभिभावक लगायत अन्दाजी १५० जनाको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत कक्षा-१ देखि ५ सम्मका ५७ जना विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गर्नुका साथै कक्षा-९ र १० मा अध्ययनरत विद्यार्थीहरु लाई आसरा सुधार केन्द्र, रानीवारी, काठमाडौंका परामर्शदाता सम्राट नर्सिङ प्रधान र गौरव सिरोहिया द्वारा लागू औषध दुरुपयोगका असर, रोकथाम तथा सुरक्षित जीवनशैली सम्बन्धी सचेतनामूलक अभिमुखीकरण प्रदान गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि श्रीमती नविना खत्री कार्की ज्यूले लागू औषधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बालबालिकामा समयमै सचेतना अभिवृद्धि गर्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।