नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८
- A
- A-
- A+
बुटवल, मिति २०८३।०३।०८ गते सोमवार
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित, बुटवल बहुउद्देश्यीय भवनमा नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती पूजा खत्रीज्यू, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री दयानिधि ज्ञवालीज्यू, यस संघका कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,वडा प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी कर्मचारीहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिविरमा ११० जना सेवाग्राही (३० महिला र ८० पुरुष) ले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए ।