नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७
- A
- A-
- A+
गुल्मी, मिति २०८३।०३।०७ गते आइतबार
नेपाल प्रहरी श्रीमती संघ
भृकुटीमण्डपको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्ज, बाँकेको सहकार्यमा जिल्ला गुल्मी,
मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित घमिर
स्वास्थ्य चौकीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य
शिविर कार्यक्रम तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष
श्रीमती नविना खत्री कार्कीज्यूको अध्यक्षता तथा मालिका गाउँपालिका वडा नं. ७ का
वडा अध्यक्ष श्री हिरा बहादुर कार्कीज्यूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी श्रीमती
संघका अध्यक्ष श्रीमती पूजा खत्रीज्यू, यस
संघका कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, जिल्ला प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख,
प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी,
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू,सञ्चारकर्मीहरू तथा स्थानीय बासिन्दाहरूको
उल्लेखनीय उपस्थिति रहेको थियो । शिविरमा ४६३ जना सेवाग्राहीलाई रक्तचाप परीक्षण, हाडजोर्नी, नाक–कान–घाँटी, मेडिसिन,
सर्जरी तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ
स्वास्थ्य सेवा तथा परामर्श निःशुल्क रूपमा प्रदान गरिएको थियो। साथै, उक्त कार्यक्रमको सफल सञ्चालन तथा आवश्यक सुरक्षा
व्यवस्थापनमा पुर्याएको महत्वपूर्ण सहयोगको कदरस्वरूप जिल्ला
प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री भीम किरण
बोगटीज्यू र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रा.प्र.उ.डा.अच्युत बिक्रम
हमाल लाई नेपाल प्रहरी श्रीमती संघद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो ।