"स्वागत तथा पदभार ग्रहण" कार्यक्रम सम्पन्न ।
२०८३-०८-०८
- A
- A-
- A+
मिति २०८३ साल मंसिर ०७ गते सोमबार ।
आसरा सुधार केन्द्रमा नेपाल प्रहरी श्रीमती संघकी समादरणीय नव अध्यक्ष श्रीमती सरयू के.सी.ज्यूको स्वागत कार्यक्रम समादरणीय नव अध्यक्षज्यूको सभाध्यक्षतामा नेपाल प्रहरी श्रीमती संघका सल्लाहकारज्यूहरु, आसरा सुधार केन्द्रकी आदरणीय सचिवज्यू एवं कोषाध्यक्षज्यु, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, अन्य प्रहरी अधिकृतज्यूहरु, केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा उपचाररत सदस्यहरुको उपस्थितिमा केन्द्रकी आदरणीय कोषाध्यक्ष श्रीमती ममता दहालज्युबाट सञ्चालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यूबाट स्वागत मन्तव्य व्यक्त, समादरणीय नव अध्यक्षज्यूबाट केन्द्रको स्वागत पुस्तिकामा अध्यक्षको पदभार ग्रहण गर्नुका साथै समादरणीय नव अध्यक्षज्यूबाट आफ्नो प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त पश्चात केन्द्रमा आवासीय रुपमा रहेका उपचाररत सदस्यहरुको आवास भवन,मेश, जिम कक्ष, मेडिकल कक्ष, प्रशासनिक कक्षहरुको स्थलगत अवलोकन निरीक्षण गर्नु भएको कार्यक्रम समापन भएको ।