लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ तथा विविध कार्यक्रम सम्पन्न ।
२०८३-०३-१०
- A
- A-
- A+
मिति २०८३ साल असार १० गते
आसरा सुधार केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको सभाध्यक्षतामा केन्द्र परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ कार्यक्रममा केन्द्रकी आदरणीय उपाध्यक्षज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा केन्द्रका कर्मचारीहरु लगायत उपचाररत सदस्यहरुको उपस्थितीमा केन्द्रकी कोषाध्यक्षज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भई, उपचाररत सदस्यहरुबाट तयार पारिएका साँस्कृतिक कार्यक्रम प्रस्तुत, केन्द्रले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका बिजेता उपचाररत खेलाडी सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यू एवं केन्द्रकी आदरणीय उपाध्यक्ष श्रीमती सुस्मिता के.सी.ज्यूबाट पुरस्कार बितरण, २०८३ साल बैशाख, जेठ र असार महिनामा जन्मदिन पर्नु भएका कार्यकारिणी समितिका पदाधिकारीज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा उपचाररत सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट जन्म दिनको शुभकामना तथा डायरी र कलम बितरण गर्नु भई समादरणीय अध्यक्षज्यूबाट आफ्नो प्रेरणादायी धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको ।