लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा आसरा सुधार केन्द्र, पानवारी धरानमा विशेष कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२
- A
- A-
- A+
धरान, सुनसरी, मिति २०८३।०३।१२ गते, शुक्रवार ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीको सहकार्यमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ आसरा सुधार केन्द्र, पानवारी धरान, सुनसरीमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा तथा आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीका सञ्चालक समितिका प्रथम उपाध्यक्ष श्री शिला बज्राचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक श्रीमान् बिनोद घिमिरे ज्यू, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौकी प्रशासन सचिव श्रीमती रोजि तुलाधर अधिकारी ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, आसरा सुधार केन्द्र पानबारी धरानका संञ्चालक समितिका पदाधिकारी ज्यूहरु, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौं बाट पाल्नु भएका परामर्शदाता ज्यूहरु, आसरा सुधार केन्द्र पानवारी, धरानका कर्मचारीहरु, उपचाररत सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका यस संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले लागू औषध दुरुपयोग विश्वव्यापी रूपमा गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसबाट मुक्त भई स्वस्थ, अनुशासित र जिम्मेवार जीवनतर्फ अग्रसर हुन उपचाररत सदस्यहरूलाई प्रेरणा दिनुभयो । साथै आसरा सुधार केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य तथा कविता लगायत विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए र उत्कृष्ट प्रस्तुति गर्ने सदस्यहरूलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरी सम्मान गरिएको थियो ।