प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"स्वागत तथा पदभार ग्रहण" कार्यक्रम सम्पन्न ।

२०८३-०८-०८

  • A
  • A-
  • A+

काठमाडौ,२०८३ मंसिर ०७ गते सोमबार ।

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंमा नव नियुक्त अध्यक्ष श्रीमती सरयू के.सी.ज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु,  साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरुको समेत उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षज्यूले नेपाल प्रहरी श्रीमती संघ जस्तो गरिमामय सामाजिक सेवामा समर्पित  संस्थाको अध्यक्ष पदमा पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै पूर्व पदाधिकारीज्यूहरुले कोर्नु भएको सकारात्मक मार्ग चित्रलाई आत्मसात् गर्दै आगामी दिनमा संघमा आवद्ध पदाधिकारीज्यूहरु तथा सदस्यज्यूहरुको सल्लाह / सुझावलाई प्राथमिकतामा राखी विचार र कर्मको साझेदारी गर्दै नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष गतिशिल र परिमाणमूखी बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । 

 उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो ।