नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
२०८३-०५-११
- A
- A-
- A+
मिति २०८३।०५।११ गते, विहीबार
नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) बीच प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।
यस समझदारी पत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर/अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई PABSON आवद्ध विद्यालयमार्फत छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउन सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक सुरक्षा तथा बाल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनमा सहकार्य गरिनेछ साथै विद्यालय बसका चालक तथा सहचालकहरूका लागि ट्राफिक नियम, विद्यार्थी सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको समेत सहकार्य गरिनेछ ।
संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू तथा PABSON का अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यूले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, PABSON का पदाधिकारीज्युरहरु र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो