Television & ECG Machine हस्तान्तरण तथा फलफूल वितरण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२२
- A
- A-
- A+
काठमाडौं, बि.सं. २०८२ चैत २२ गते, आइतबार ।
नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ४२ औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुको साथै अस्पतालको लागि Television & ECG Machine हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
संगठन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा यस संघका आदरणिय अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू, महासचिव श्रीमती अन्जु कार्की, सचिव (प्रशासन) श्रीमती संगिता लम्सालज्यू, कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू तथा संघका अन्य पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।