प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-१४

चितवन, २०८२ पौष १३ गते आइतबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंद्वारा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ७ स्थित आधारभुत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थी भाइबिहिनीहरुलाई जाडोको न्यानो कपडा ( स्वीटर, टोपी) वितरण कार्यक्रम सम्पन्न भएको छ । यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीज्यू ,अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीज्यू, खैरहनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनेजर महत्तोज्यू, प्रधानध्यापक मीरा खरेलज्यू, शिक्षक/शिक्षिकाज्यूहरु , अन्य प्रहरी कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरु समेतको उपस्थिति रहेको थियो 

  • "स्वागत तथा पदभार ग्रहण" कार्यक्रम सम्पन्न
    २०८२-०८-२५

    काठमाडौ,२०८२ मंसिर २४ गते बुधबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंमा नव नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको  स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु,  आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरुको समेत उपस्थिती रहेको थियो ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षज्यूले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ उर्जाशिल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो  भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो  । साथै यस संघमा रिक्त रहेको कार्यसमितिको पदमा समेत पदपुर्ती कार्यक्रम सम्पन्न भएको थियो ।

    [ विस्तृतमा ]
  • “बधाई तथा शुभकामना” कार्यक्रम सम्पन्न ।
    २०८२-०८-१५

    काठमाडौं, २०८२ मङसिर १५ गते, सोमबार यस नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीज्यूहरुबाट नवनियूक्त हुनु भएका नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू, संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, कार्यसमितिका पदाधिकरीज्यूहरु र आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो भने  कार्यक्रम (सचिव) श्रीमती  अनिता ढकाल अधिकारीज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

    [ विस्तृतमा ]
  • हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
    २०८२-०५-१८

    काठमाडौ, २०८२ भाद्र ५ गते बिहीबार ।यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती माँया देवी अर्यालज्यू, सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, श्रीमती सजना थापाज्यू, पूर्व अध्यक्षज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अन्य संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु नेपाल प्रहरी श्रीमती संघका साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु, अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरु समेतको उपस्थिती रहेको थियो ।कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल थापाज्यूले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो धर्म, संस्कृतिको जगेर्ना गर्न संघले तीज बिशेष कार्यक्रम आयोजना गरेको र शक्तिको रुप, समर्पणको प्रतिक र संस्कृतिको गौरव बोकेको पवित्र हरितालिका तीज २०८२ को पावन अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरुप्रति सुख, शान्ति, समृद्धि र अटल शौभाग्यको शुभकामना ब्यक्त गर्दै शौभाग्यको सामाग्री समेत प्रदान गर्नु भएको थियो ।विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको उक्त कार्यक्रममा सम्पूर्ण पदाधिकारीज्यूहरुले हरितालिका तीज २०८२ को शुभकामना आदान-प्रदान गर्दै एक आपसमा खुशी समेत बाड्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य श्रीमती राधिका खतिवडाज्यूले गर्नु भएको थियो 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०६-०२ सदस्यता फारम
२०८१-०५-२८ छात्रवृत्ति सम्बन्धि जानकारी
कुनै परिणाम भेटिएन...
नेपाल प्रहरी श्रीमती संघ
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरी श्रीमती संघ सँग सम्बन्धित विभिन्न कार्यक्रम, गतिविधि तथा परियोजनाहरुको बारेमा सुचित रहनुहोस्।

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।