-
Television & ECG Machine हस्तान्तरण तथा फलफूल वितरण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२२काठमाडौं, बि.सं. २०८२ चैत २२ गते, आइतबार ।नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ४२ औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुको साथै अस्पतालको लागि Television & ECG Machine हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।संगठन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा यस संघका आदरणिय अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू, महासचिव श्रीमती अन्जु कार्की, सचिव (प्रशासन) श्रीमती संगिता लम्सालज्यू, कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू तथा संघका अन्य पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
[ विस्तृतमा ] -
नव वर्ष २०८३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
२०८२-१२-२०काठमाडौ,२०८२ चैत्र २० गते शुक्रबार ।नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्रीमति सुस्मिता के.सी.ज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, संघका सचिव (कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, आसरा सुधार केन्द्रका सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्नुका साथै आपसी एकता, सहकार्य र समर्पणभावका साथ अगाडि बढ्दै समाज सेवामा थप सक्रिय रहनुपर्ने उल्लेख गर्दै नव वर्ष २०८३ शुभकामना कार्ड समेत प्रदान गर्नुभएको थियो ।
[ विस्तृतमा ] -
भवन शिलान्यास कार्यक्रम सम्पन्न ।
२०८२-१२-०२काठमाडौं,२०८२ चैत ०२ गते सोमबार नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नबिना खत्री कार्की ज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको नियमित बजेटबाट नयाँ निर्माण हुने आसरा सुधार केन्द्रको कार्यालय/व्यारेक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव ज्यू तथा पदाधिकारी ज्यूहरू, आसरा सुधार केन्द्रका पदाधिकारी ज्यूहरू, प्रहरी वरिष्ठ अधिकृत ज्यूहरू, प्रहरी कर्मचारीहरू र परामर्शदाताहरू उपस्थिती रहेको थियो ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८१-०६-०२ | सदस्यता फारम | |
| २०८१-०५-२८ | छात्रवृत्ति सम्बन्धि जानकारी |
हाईलाईटहरु
- शैक्षिक सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम
- Television & ECG Machine हस्तान्तरण तथा फलफूल वितरण कार्यक्रम सम्पन्न ।
- नव वर्ष २०८३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
- भवन शिलान्यास कार्यक्रम सम्पन्न ।
- निःशुल्क स्वास्थ्य शिविर,खानेपानी तथा खाजा वितरण कार्यक्रम सम्पन्न ।
- नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनबीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
- खाद्यान्न बितरण कार्यक्रम सम्पन्न ।