प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्यक्रम तथा गतिविधिहरु
नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
२०८३-०५-११

मिति २०८३।०५।११ गते, विहीबार नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON)  बीच प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।यस समझदारी पत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर/अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई PABSON आवद्ध विद्यालयमार्फत छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउन सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक सुरक्षा तथा बाल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनमा सहकार्य गरिनेछ  साथै विद्यालय बसका चालक तथा सहचालकहरूका लागि ट्राफिक नियम, विद्यार्थी सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको समेत सहकार्य गरिनेछ ।  संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू तथा PABSON का अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यूले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, PABSON  का पदाधिकारीज्युरहरु र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो 

४२ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न ।
२०८३-०५-०४

काठमाडौं, २०८३ भाद्र ४ गते  बिहिबार यस नेपाल  प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सव विशेष समारोह कार्यक्रम नेपाल पुलिस क्लव  The Blue Pavilion  को सभाहलमा “सहचरी स्मारिका २०८३” को विमोचन सहित सम्पन्न भएको छ ।माननीय महिला बालबालिका , लैङ्गिक तथा यौनिक अल्पसख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुलीज्यू, नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, यस संघका संस्थापक अध्यक्ष श्रीमती बशुन्धरा लामाज्यू, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती संजिवी कार्कीज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका  अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यू, श्रीमती जानकी महत कार्कीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, निजामती कर्मचारी श्रीमती संघ, सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमममा प्रमुख अतिथिज्यूबाट समाजसेवी ECDC/पुतली घरका अध्यक्ष पुष्पा बस्नेतज्यू, समाजसेवी नविन जोशी, तेक्वान्दो खेलाडी  पलेशा गोबर्धन, प्रहरी जवान साहना बोहरा र प्रहरी कार्यालय सहयोगी नारिका राईलाई  सम्मान पत्र प्रदान गर्नु भई सम्बोधन मन्तव्य समेत प्रदान गर्नु भएको थियो भने विशिष्ट  अतिथि नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले समाजसेवी पूजा विश्वकर्मा बस्नेतज्यू, कलाकार सरोज ओलीज्यू, सहचरी नाटकका रचनाकार पूर्व प्र.ना.उ. शिवराज बस्नेतज्यू गोपाल गौरीदिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमज्यूलाई कदर प्रत्र प्रदान गर्नु भई नेपाल प्रहरी श्रीमती संघलाई शुभकामना मन्तव्य समेत प्रदान गर्नु भएको थियो ।साथै उक्त कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले  CBM College का अध्यक्ष लेखनाथ कोइरालाज्यू, Lord Buddha Education Foundation का अध्यक्ष पंकज जलानज्यू,  नेपाल एस.वि.आई. बैंक लि.का. प्रमुख व्यवसाय विकास अधिकृत  प्रविनमूनी बज्राचार्यज्यू , नेपाल प्रहरी अस्पतालका प्रा.डा. जयन्ती ढुङ्गानाज्यू, नेपाल प्रहरी संगित विद्यालयका प्र.ना.उ. रमन बहादुर पल्लि मगरज्यू, साहारा असहाय बाल सुधार गृहका सञ्चालक इश्वरी गुरुङज्यू,  नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाका प्र.व.ना.नि. सन्तोष लामाज्यू, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाका प्रहरी जवान बिरेन्द्र बुढाज्यू , नेपाल प्रहरी अस्पतालका प्रहरी कार्यालय सहयोगी  भावनी सापकोटालाई समेत  प्रशंसा पत्र प्रदान गर्दै संघको ४२ औं वार्षिकोत्सवको पावन अवसरमा संघलाई स्थापना कालदेखि हाल सम्मको अवस्थामा पुर्याउन महत्वपूर्ण  योगदान दिनु हुने संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु  लगायत संघका पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरुप्रति उहाँहरुले निर्वाह गर्नु भएको भूमिका  र योगदानको विशेष महत्वका साथ स्मरण गर्दै  संघको सामाजिक सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा सहयोग पुर्याउनु हने नेपाल प्रहरी संगठन , विभिन्न संघ संस्था  तथा व्यक्तित्वहरुलाई उहाँहरुको साथ, समर्थन र सहयोगको लागि विशेष  धन्यवाद अर्पण गर्नु भएको थियो । त्यसै गरी नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) श्रीमती वरुणा वडाल थपलियाज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो । उक्त समारोहमा संघ तथा प्रदेशद्वारा सम्पन्न गरिएका कार्यक्रम गतिविधि समेटिएको वृत्त वित्र तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक एलिजा गिरीज्यू र प्रहरी सहायक निरीक्षक विद्या घलेज्यूले गर्नु भएको थियो ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२

विराटनगर, मिति २०८३।०३।१२ गते, शुक्रवार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र पानवारी, धरान सुनसरीको सहकार्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ श्री पब्लिक माध्यमिक विद्यालय, धरान–१३, फुस्रे, सुनसरी मा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक श्रीमान् बिनोद घिमिरे ज्यू, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौकी प्रशासन सचिव श्रीमती रोजि तुलाधर अधिकारी ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, आसरा सुधार केन्द्र पानबारी धरानका संञ्चालक समितिका पदाधिकारी ज्यूहरु, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौं बाट पाल्नु भएका परामर्शदाता ज्यूहरु, आसरा सुधार केन्द्र पानवारी, धरानका कर्मचारीहरु, बिद्यालयका प्रधानध्यापक, शिक्षक/शिक्षिकाहरु, विद्यार्थी र अभिभावक लगायत अन्दाजी १५० जनाको उपस्थितीमा उक्त विद्यालयमा अध्ययनरत कक्षा-१ देखि ५ सम्मका ५७ जना विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण गर्नुका साथै कक्षा-९ र १० मा अध्ययनरत विद्यार्थीहरु लाई आसरा सुधार केन्द्र, रानीवारी, काठमाडौंका परामर्शदाता सम्राट नर्सिङ प्रधान र गौरव सिरोहिया द्वारा लागू औषध दुरुपयोगका असर, रोकथाम तथा सुरक्षित जीवनशैली सम्बन्धी सचेतनामूलक अभिमुखीकरण प्रदान गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि श्रीमती नविना खत्री कार्की ज्यूले लागू औषधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै बालबालिकामा समयमै सचेतना अभिवृद्धि गर्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनुभयो । 

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा आसरा सुधार केन्द्र, पानवारी धरानमा विशेष कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२

धरान, सुनसरी, मिति २०८३।०३।१२ गते, शुक्रवार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीको सहकार्यमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ आसरा सुधार केन्द्र, पानवारी धरान, सुनसरीमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा तथा आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीका सञ्चालक समितिका प्रथम उपाध्यक्ष श्री शिला बज्राचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक श्रीमान् बिनोद घिमिरे ज्यू, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौकी प्रशासन सचिव श्रीमती रोजि तुलाधर अधिकारी ज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, आसरा सुधार केन्द्र पानबारी धरानका संञ्चालक समितिका पदाधिकारी ज्यूहरु, आसरा सुधार केन्द्र, रानीवारी काठमाण्डौं बाट पाल्नु भएका परामर्शदाता ज्यूहरु, आसरा सुधार केन्द्र पानवारी, धरानका कर्मचारीहरु, उपचाररत सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका यस संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले लागू औषध दुरुपयोग विश्वव्यापी रूपमा गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसबाट मुक्त भई स्वस्थ, अनुशासित र जिम्मेवार जीवनतर्फ अग्रसर हुन उपचाररत सदस्यहरूलाई प्रेरणा दिनुभयो । साथै आसरा सुधार केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य तथा कविता लगायत विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए र उत्कृष्ट प्रस्तुति गर्ने सदस्यहरूलाई प्रमुख अतिथिबाट पुरस्कार वितरण गरी सम्मान गरिएको थियो । 

लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ तथा विविध कार्यक्रम सम्पन्न ।
२०८३-०३-१०

मिति २०८३ साल असार १० गतेआसरा सुधार केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको सभाध्यक्षतामा केन्द्र परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ कार्यक्रममा केन्द्रकी आदरणीय उपाध्यक्षज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा केन्द्रका कर्मचारीहरु लगायत उपचाररत सदस्यहरुको उपस्थितीमा केन्द्रकी कोषाध्यक्षज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भई, उपचाररत सदस्यहरुबाट तयार पारिएका साँस्कृतिक कार्यक्रम प्रस्तुत, केन्द्रले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका बिजेता उपचाररत खेलाडी सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यू एवं केन्द्रकी आदरणीय उपाध्यक्ष श्रीमती सुस्मिता के.सी.ज्यूबाट पुरस्कार बितरण, २०८३ साल बैशाख, जेठ र असार महिनामा जन्मदिन पर्नु भएका कार्यकारिणी समितिका पदाधिकारीज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा उपचाररत सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट जन्म दिनको शुभकामना तथा डायरी र कलम बितरण गर्नु भई समादरणीय अध्यक्षज्यूबाट आफ्नो प्रेरणादायी धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको ।

नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-०८

बुटवल, मिति २०८३।०३।०८ गते सोमवारयस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्जको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित, बुटवल बहुउद्देश्यीय भवनमा नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती पूजा खत्रीज्यू, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री दयानिधि ज्ञवालीज्यू, यस संघका कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,वडा प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी कर्मचारीहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिविरमा ११० जना सेवाग्राही (३० महिला र ८० पुरुष) ले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए ।

नि:शुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-०७

गुल्मी, मिति २०८३।०३।०७ गते आइतबारनेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्ज, बाँकेको सहकार्यमा जिल्ला गुल्मी, मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित घमिर स्वास्थ्य चौकीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको अध्यक्षता तथा मालिका गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री हिरा बहादुर कार्कीज्यूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती पूजा खत्रीज्यू, यस संघका कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, जिल्ला प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख, प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू,सञ्चारकर्मीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शिविरमा ४६३ जना सेवाग्राहीलाई रक्तचाप परीक्षण, हाडजोर्नी, नाक–कान–घाँटी, मेडिसिन, सर्जरी तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्श निःशुल्क रूपमा प्रदान गरिएको थियो। साथै, उक्त कार्यक्रमको सफल सञ्चालन तथा आवश्यक सुरक्षा व्यवस्थापनमा पुर्‍याएको महत्वपूर्ण सहयोगको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय गुल्मीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री भीम किरण बोगटीज्यू र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रा.प्र.उ.डा.अच्युत बिक्रम हमाल लाई नेपाल प्रहरी श्रीमती संघद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो ।  

शैक्षिक सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम
२०८३-०२-०७

काठमाडौं, २०८३ जेठ ०७ गते बिहीबार,नेपाल प्रहरी श्रीमती संघ र CBM-College of Business Management बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित सम्झौता पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र CBM-College of Business Management का तर्फबाट Chairman लेखनाथ कोइरालाज्यूले हस्ताक्षर गर्नु भएको थियो ।गुणस्तरीय शिक्षा, नैतिक मूल्य र अनुशासनको जग बसाल्दै आजको शैक्षिक जगतमा आफ्नो नाम कमाउन सफल CBM College सँग भएको यस सम्झौता पत्र मार्फत नेपाल प्रहरीमा सेवारत तथा अवकासप्राप्त प्रहरी कर्मचारीका परिवारहरू र अमर/अशक्त प्रहरीका परिवारलाई लक्षित गरी गुणस्तरीय Science/Law/Management मा +2, BBS/BBS+, BBM र MBS का विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रवृत्ति र क्षमता विकासका अवसरहरू प्रदान गर्ने सहमति भएको उक्त समझदारीपत्र (MoU) कार्यक्रममा CBM College का पदाधिकारीज्यूरहरु, श्रीमती संघका महासचिव, कार्यक्रम सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। 

Television & ECG Machine हस्तान्तरण तथा फलफूल वितरण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२२

काठमाडौं, बि.सं. २०८२ चैत २२ गते, आइतबार ।नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ४२ औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुको साथै अस्पतालको लागि Television & ECG Machine  हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।संगठन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा यस संघका आदरणिय अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू, महासचिव श्रीमती अन्जु कार्की, सचिव (प्रशासन) श्रीमती संगिता लम्सालज्यू, कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू तथा संघका अन्य पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्र रानीबारीका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । 

नव वर्ष २०८३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न ।
२०८२-१२-२०

काठमाडौ,२०८२ चैत्र २० गते शुक्रबार ।नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष श्रीमति सुस्मिता के.सी.ज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, संघका सचिव (कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, आसरा सुधार केन्द्रका सचिव श्रीमती रोजी तुलाधर अधिकारीज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्नुका साथै आपसी एकता, सहकार्य र समर्पणभावका साथ अगाडि बढ्दै समाज सेवामा थप सक्रिय रहनुपर्ने उल्लेख गर्दै नव वर्ष २०८३ शुभकामना कार्ड समेत प्रदान गर्नुभएको थियो ।

निःशुल्क स्वास्थ्य शिविर,खानेपानी तथा खाजा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-११-०३

काठमाडौं, बि.सं.२०८२ फागुन ०३ गते, आइतबार ।महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको सहकार्यमा पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि प्रथामिक स्वास्थ्य उपचार,शुद्ध पिउने पानी तथा भक्तजनहरुको  सुरक्षार्थमा खटिएका प्रहरी कर्मचारीहरुलाई खाजा शिविर कार्यक्रम सम्पन्नः उक्त शिविरलाई नेपाल प्रहरी संगठनका प्रमुख श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्किज्यू, सशस्त्र प्रहरी संगठनका प्रमुख श्रीमान राजु अर्यालज्यू, सशस्त्र  प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती अनिता लामीछानेज्यू  र उपत्यका प्रहरी कार्यालयका प्रमुख श्रीमान ईश्वर कार्कीज्यूले अवलोकन गर्नु भएको थियो भने यस श्रीमती संघ तथा आसरा सुधार केन्द्र रानिबारीका पदाधिकारिज्यूहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनबीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
२०८२-१०-२८

काठमाडौं, २०८२ माग २८ गते बुधबार ।नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष श्री पंकज जलानज्यूले हस्ताक्षर गर्नु भएको थियो ।गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सम्पन्न उक्त समझदारीपत्र मार्फत नेपाल प्रहरीमा सेवारत तथा अवकासप्राप्त प्रहरी कर्मचारीका परिवारहरू र अमर/अशक्त प्रहरीका परिवारलाई लक्षित गरी  गुणस्तरीय सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति र क्षमता विकासका अवसरहरू प्रदान गर्ने सहमति भएको उक्त समझदारीपत्र (MoU) कार्यक्रममा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका पदाधिकारीज्यूरहरु, त्यसैगरी श्रीमती संघका महासचिव अन्जु कार्कीज्यू,कोषाध्यक्ष राधिका ज्ञवालीज्यू र संघका अन्य पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

खाद्यान्न बितरण कार्यक्रम सम्पन्न ।
२०८२-१०-१४

रुपन्देही, २०८२ माघ १४ गते बुधबार ।  नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.०८ बसडिलवा अवस्थित रहेको सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीमती पुजा खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीज्यू, अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, सिद्धार्थ बालगृह अनाथ आश्रमका सञ्चालक कृष्ण माया गुरुङ सोही आश्रमका पदाधिकारीहरुज्यू, अन्य प्रहरी कर्मचारी, पत्रकारहरु र स्थानीय बासिन्दाहरु समेतको उपस्थिति रहेको थियो ।