"सेवा नै धर्म हो"
काठमाडौ,२०८२ बैशाख, १२ गते शुक्रबार ।आसरा सुधार केन्द्र रानीबारीको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समन्वयमा “मानसिक स्वास्थ तथा लागूऔषध सम्बन्धी मनोपरामर्श अभियान कार्यक्रम सम्पन्न भएको छ ।यस संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, तथा कार्यसमितिका पदाधिकारीज्यूहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थितिमा रहेको थियो ।कार्यक्रमलाई सम्बोध गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले आफ्नो प्रेरणादायी मन्तव्य व्यक्त गर्नुका साथै केन्द्रका परामर्शदाताहरुबाट “मानसिक स्वास्थ तथा लागूऔषध सम्बन्धी मनोपरामर्श” सम्बन्धी सचेतनामूलक कक्षा संचालन पश्चात उक्त प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माज्यूबाट धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
काठमाडौ,२०८१ चैत्र, २९ गते शुक्रबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा नव वर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले उपस्थित सम्पूर्णलाई नव वर्ष २०८२ को शुभकामना प्रदान गर्नु भई नयाँ वर्ष भनेको केवल पात्रो फेरिने समय मात्र होइन यो नयाँ उत्साह, उर्जा र आशाको आरम्भ हो तसर्थ सम्पूर्ण पदाधिकारीज्यूहरु, सदस्यज्यूहरु तथा संघमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघको हित र साँझा उदेश्य पुरा गर्न मानव सेवा केन्द्रित कार्यक्रमहरुमा आपसी सहयोग, सद्भाव, सहकार्य र दृढ संकल्पको साथ अघी बढ्न निर्देशन प्रदान गर्नु भई संघद्वारा प्रकाशित भित्तेपात्रो तथा शुभकामना कार्ड समेत प्रदान गर्नु भएको थियो ।उक्त कार्यक्रम संचालन संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले गर्नु भएको थियो ।
काठमाण्डौ, बि.सं.२०८१ चैत्र २७ गते, बुधबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ४१ औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुको साथै अस्पतालको लागि “Physiotherapy Digital Treadmill & Electric Geyser हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।प्रहरी महानिरीक्षक दीपक थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वार्षिकोत्सव कार्यक्रममा यस संघका आदरणिय अध्यक्ष श्रीमती रुपा थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-सचिव कार्यक्रम श्रीमती अनिता ढकाल अधिकारीज्यू, सह-सचिव कार्यक्रम श्रीमती चेतना चन्द शाहीज्यू र अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।
काठमाडौं,२०८१ चैत्र २१ गते बिहिबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू तथा उपाध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, निवर्तमान उपाध्यक्ष श्रीमती विन्दु अधिकारी ढकालज्यू, निवर्तमान सचिव (कार्यक्रम) श्रीमती अनिता गुरुङज्यू,निवर्तमान सल्लाहकार श्रीमती निला थापा रावलज्यू संघका अन्य पदाधिकारीज्यूहरु प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूले निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत बिदाई भई जानु हुने उपाध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई फूलमाला लगाई सम्मान पत्र तथा मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । साथै उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्षज्यूको कुशल नेतृत्व, सेवा प्रतिको प्रतिवद्धता, मार्गदर्शन र पदाधिकारीज्यूहरुको निरन्तर साथ मसर्थन र अथक प्रयास र समर्पणले नै नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरुको योगदान अतुलनिय र अविष्मरणिय रहने व्यहोरा समेत विश्वस्त गराउनु भयो । साथै उक्त कार्यक्रममा सम्वोधन गर्दै निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले सम्पूर्ण पदाधिकारीज्यूहरुको संघ प्रतिको मायाँ, समर्पण र त्यागको कारण नै आफ्नो सेवा कालमा संघको साझा उदेश्य प्राप्त गर्न सफल भएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल प्रहरी श्रीमती संघको स्तरोन्नतीको कामनाको साथ नव नियुक्त अध्यक्षज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम संघका सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले संचालन गर्नु भएको थियो ।
काठमाडौ,२०८१ चैत्र २१ गते बिहिबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।संघमा आयोजित उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, आसरा सुधार केन्द्रका कोषाध्यक्ष श्रीमती नविना कार्कीज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र नेपाल प्रहरी श्रीमती संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ सवल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले दिनु भएको थियो भने कार्यक्रम संचालन सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले गर्नु भएको थियो ।
महाराजगंज काठमाडौं, २०८१ चैत्र ०४ गते सोमबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा विगत एक वर्ष पहिले देखि गम्भिर घाईते भई नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचारार्थ रहेका पूर्व प्रहरी हवल्दार कुमार आले मगरलाई उपचारको लागि रु.२५,०००।–(पच्चिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा यस संघका सचिव (प्रशासन) श्रीमती अनिता गुरुङज्यू, वरिष्ठ सल्लाहकार श्रीमती निलम कडायतज्यू, सचिव (कार्यक्रम) श्रीमती सरला बस्नेत भट्टराईज्यू, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।
भृकुटीमण्डप काठमाडौं, २०८१ पुष २१ गते, आइतबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौको आयोजनामा सञ्चालित २३ कार्य दिन अवधिको हलुका सवारी चालक (Driving) तालिम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, सचिव(प्रशासन) श्रीमती अनिता गुरुङज्यू, वरिष्ठ सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-सचिव (प्रशासन) श्रीमती चेतना चन्द शाहीज्यू, कार्यसमितिका पदाधिकारी श्रीमती राधिका ज्ञवालीज्यू, श्रीमती मन्जु पौडेलज्यू, श्रीमती मुना रेग्मीज्यू, श्रीमती कल्पना काफ्लेज्यू, श्रीमती अञ्जली तण्डुकारज्यू, श्रीमती अरिना राईज्यू, प्रहरी अधिकृतज्यू, तालिम प्रशिक्षकज्यूहरु, प्रशिक्षार्थीहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सफलता पूर्वक तालिम सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै तालिममा सिकेको ज्ञान तथा सिपलाई उच्चतम प्रयोग गरी व्यवसायिक रुपमा सक्षम र सवल बन्न समेत निर्देशन दिदै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो भने प्रशिक्षण प्रदान गर्ने प्रशिक्षकज्यूहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भयो । उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यूले गर्नु भएको थियो भने तालिम प्रतिवेदन तालिम संयोजक श्रीमती अनिता गुरुङज्यूले पेश गर्नु भएको थियो ।
दाङ, २०८१ मंसिर १ गते, शनिबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल घोराही दाङलाई २ (दुई) थान 𝑺𝒎𝒂𝒓𝒕 𝑩𝒐𝒂𝒓𝒅 यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले प्रविधी मैत्री शिक्षा आजको आवश्यकता भन्ने भनाइलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले पहिलो चरणमा नेपाल पुलिस स्कुल साँगा र सामाखुशीलाई ३/३ थान 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरिसकेको र तेस्रो चरणमा आज नेपाल पुलिस स्कुल घोराही दाङलाई 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरेको हो । उक्त 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 नेपाल प्रहरी श्रीमती संघबाट समय-समयमा अनुगमन भईरहने र विद्यालयहरुले पनि पूर्ण हिफाजतको साथ प्रयोगमा ल्याउने विस्वास व्यक्त गर्नुका साथै विद्यालयमा अध्ययनरत छात्र छात्राको मनोवल अभिवृद्धी एवम् शैक्षिक गुणस्तर वृद्धीका लागि रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।साथै अन्य बाँकी नेपाल पुलिस स्कुलहरुमा समेत 𝗦𝗺𝗮𝗿𝘁 𝗕𝗼𝗮𝗿𝗱 जडान गर्ने कार्य भैरहेको कुरा बताउनु भयो ।
काठमाडौं, २०८१ कार्तिक ५ गते, सोमबार ।यस नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्र रानीबारी काठमाडौंको आज मिति २०८१/०७/०५ गते प्रथम महिला समादरणीय राधिका शाक्यज्यूद्वारा बस्तुगत परिचय, निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भई आसरा सुधार केन्द्रमा उपचाररत व्यक्तिहरूलाई फलफूल वितरण गर्नुका साथै खेलकुद सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत अन्य पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरू तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिती रहेको थियो ।
सामाखुशी ,२०८१ असोज ०३ गते बिहिबारयस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंलाई ३(तीन) थान Smart Board हस्तान्तरण गरिएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्षज्यूको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुवरज्यूले प्रविधी मैत्री शिक्षा आजको आवश्यकता भन्ने भनाइलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले पहिलो चरणमा नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोक र सामाखुशी काठमाडौलाई Smart Class अन्तर्गत Smart Board प्रदान गरेको र आगामी दिनमा ७(सात)वटै प्रदेशमा रहेका नेपाल प्रहरी स्कुलहरुमा प्रदान गर्ने कुरा बताउनु भयो ।