"सेवा नै धर्म हो"
दाङ, २०८१ मंसिर १ गते, शनिबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल घोराही दाङलाई २ (दुई) थान 𝑺𝒎𝒂𝒓𝒕 𝑩𝒐𝒂𝒓𝒅 यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले प्रविधी मैत्री शिक्षा आजको आवश्यकता भन्ने भनाइलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले पहिलो चरणमा नेपाल पुलिस स्कुल साँगा र सामाखुशीलाई ३/३ थान 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरिसकेको र तेस्रो चरणमा आज नेपाल पुलिस स्कुल घोराही दाङलाई 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरेको हो । उक्त 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 नेपाल प्रहरी श्रीमती संघबाट समय-समयमा अनुगमन भईरहने र विद्यालयहरुले पनि पूर्ण हिफाजतको साथ प्रयोगमा ल्याउने विस्वास व्यक्त गर्नुका साथै विद्यालयमा अध्ययनरत छात्र छात्राको मनोवल अभिवृद्धी एवम् शैक्षिक गुणस्तर वृद्धीका लागि रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।साथै अन्य बाँकी नेपाल पुलिस स्कुलहरुमा समेत 𝗦𝗺𝗮𝗿𝘁 𝗕𝗼𝗮𝗿𝗱 जडान गर्ने कार्य भैरहेको कुरा बताउनु भयो ।
काठमाडौं, २०८१ कार्तिक ५ गते, सोमबार ।यस नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालित आसरा सुधार केन्द्र रानीबारी काठमाडौंको आज मिति २०८१/०७/०५ गते प्रथम महिला समादरणीय राधिका शाक्यज्यूद्वारा बस्तुगत परिचय, निरीक्षण तथा अवलोकन भ्रमण गर्नु भई आसरा सुधार केन्द्रमा उपचाररत व्यक्तिहरूलाई फलफूल वितरण गर्नुका साथै खेलकुद सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत अन्य पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरू तथा प्रहरी कर्मचारीहरू समेतको उपस्थिती रहेको थियो ।
सामाखुशी ,२०८१ असोज ०३ गते बिहिबारयस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंलाई ३(तीन) थान Smart Board हस्तान्तरण गरिएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्षज्यूको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुवरज्यूले प्रविधी मैत्री शिक्षा आजको आवश्यकता भन्ने भनाइलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले पहिलो चरणमा नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोक र सामाखुशी काठमाडौलाई Smart Class अन्तर्गत Smart Board प्रदान गरेको र आगामी दिनमा ७(सात)वटै प्रदेशमा रहेका नेपाल प्रहरी स्कुलहरुमा प्रदान गर्ने कुरा बताउनु भयो ।