फलफूल वितरण तथा “Physiotherapy Digital Treadmill & Electric Geyser हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८१-१२-२७
- A
- A-
- A+
काठमाण्डौ, बि.सं.२०८१ चैत्र २७ गते, बुधबार ।
यस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको ४१ औं वार्षिकोत्सवको अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुको साथै अस्पतालको लागि “Physiotherapy Digital Treadmill & Electric Geyser हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वार्षिकोत्सव कार्यक्रममा यस संघका आदरणिय अध्यक्ष श्रीमती रुपा थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-सचिव कार्यक्रम श्रीमती अनिता ढकाल अधिकारीज्यू, सह-सचिव कार्यक्रम श्रीमती चेतना चन्द शाहीज्यू र अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।