प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक” कार्यक्रम

२०८२-०३-०६

  • A
  • A-
  • A+

काभ्रे, २०८२ असार ०६ गते,  शुक्रबार ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा क्यान्सर काउन्सिल नेपालको सहकार्य र नेपाल प्रहरी संगित विद्यालयको समन्वयमा नेपाल प्रहरी श्रीमती संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल साँगा काभ्रेमा “पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक” कार्यक्रम सम्पन्न भएको । 

उक्त कार्यक्रममा यस संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यू, संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, क्यान्सर काउन्सिल नेपालका अध्यक्ष श्री रुद्रलाल कडरियाज्यू, Resource Person डा. श्री किशोर कुमार प्रधानाङ्गज्यू, Breast Cancer Specialist डा. करिष्मा प्रधानाङ्गज्यू, सदस्य श्री रामकाजी भुजेलज्यू, नेपाल पुलिस स्कुलका प्राचार्यज्यू, समादेशकज्यू, सह-प्राचार्यज्यूहरु, कोडिनेटरज्यूहरु, शिक्षक/शिक्षिकाज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, विद्यालयमा अध्ययनरत छात्राहरु, संगित विद्यालयका प्रहरी कर्मचारीज्यूहरु तथा अन्य महिला प्रहरी कर्मचारीज्यूहरु समेत गरी ४३१ जना सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कानूनी सल्लाहकार श्रीमती राधिका खतिवडाज्यूद्वारा महिला तथा बालबालिका संग सम्बन्धित ऐन नियमका कुराहरु, क्यान्सर काउन्सिल नेपालद्वारा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतनाका साथै नेपाल प्रहरी संगित विद्यालयबाट नाटक तथा नृत्य प्रदर्शनी गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले व्यस्त जिवन शैली, स्वास्थ्य सम्वन्धी जानकारीको अभावको कारण हामीले जीवनमा थुप्रै स्वास्थ्य सम्बन्धी जटिलताहरुको सामना गर्नु परेको कुरा जानकारी गराउदै जस्तै महिलाहरुमा देखिने पाठेघर तथा स्तन क्यान्सर एक घातक रोग हो । तर समयमै पहिचान  र उपचार गरेमा निको हुन सक्ने हुनाले समयमै परीक्षण, स्वास्थ्यप्रति सजगता र आत्मविश्वास नै यस रोगबाट बच्ने सबै भन्दा प्रभावकारी उपायहरु हुन भनि बताउनु भएको थियो ।