प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्यक्रम तथा गतिविधिहरु
निःशुल्क स्वास्थ्य शिविर,खानेपानी तथा खाजा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-११-०३

काठमाडौं, बि.सं.२०८२ फागुन ०३ गते, आइतबार ।महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको सहकार्यमा पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि प्रथामिक स्वास्थ्य उपचार,शुद्ध पिउने पानी तथा भक्तजनहरुको  सुरक्षार्थमा खटिएका प्रहरी कर्मचारीहरुलाई खाजा शिविर कार्यक्रम सम्पन्नः उक्त शिविरलाई नेपाल प्रहरी संगठनका प्रमुख श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्किज्यू, सशस्त्र प्रहरी संगठनका प्रमुख श्रीमान राजु अर्यालज्यू, सशस्त्र  प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती अनिता लामीछानेज्यू  र उपत्यका प्रहरी कार्यालयका प्रमुख श्रीमान ईश्वर कार्कीज्यूले अवलोकन गर्नु भएको थियो भने यस श्रीमती संघ तथा आसरा सुधार केन्द्र रानिबारीका पदाधिकारिज्यूहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनबीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
२०८२-१०-२८

काठमाडौं, २०८२ माग २८ गते बुधबार ।नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष श्री पंकज जलानज्यूले हस्ताक्षर गर्नु भएको थियो ।गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सम्पन्न उक्त समझदारीपत्र मार्फत नेपाल प्रहरीमा सेवारत तथा अवकासप्राप्त प्रहरी कर्मचारीका परिवारहरू र अमर/अशक्त प्रहरीका परिवारलाई लक्षित गरी  गुणस्तरीय सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति र क्षमता विकासका अवसरहरू प्रदान गर्ने सहमति भएको उक्त समझदारीपत्र (MoU) कार्यक्रममा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका पदाधिकारीज्यूरहरु, त्यसैगरी श्रीमती संघका महासचिव अन्जु कार्कीज्यू,कोषाध्यक्ष राधिका ज्ञवालीज्यू र संघका अन्य पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

खाद्यान्न बितरण कार्यक्रम सम्पन्न ।
२०८२-१०-१४

रुपन्देही, २०८२ माघ १४ गते बुधबार ।  नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.०८ बसडिलवा अवस्थित रहेको सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीमती पुजा खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीज्यू, अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, सिद्धार्थ बालगृह अनाथ आश्रमका सञ्चालक कृष्ण माया गुरुङ सोही आश्रमका पदाधिकारीहरुज्यू, अन्य प्रहरी कर्मचारी, पत्रकारहरु र स्थानीय बासिन्दाहरु समेतको उपस्थिति रहेको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न ।
२०८२-१०-०९

काठमाडौं, २०८२ माग ०९ गते शुक्रबार ।यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा बसन्त पञ्चमीको शुभ-अवसरमा नेपाल प्रहरी विद्यालय सामाखुशी काठमाडौंको प्राङ्गणमा रहेको मन्दिरमा सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरी नेपाल प्रहरी श्रीमती संघको तर्फबाट विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुको साथै विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो साथै हाम्रो स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत भाइबहिनीहरुलाई शैक्षिक सामाग्री तथा प्रविधी युक्त शिक्षाको लागि Smart Board  समेत हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्र.ना.म.नि. ओम प्रसाद अधिकारीज्यू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, शिक्षक/शिक्षिकाज्यूहरु, विद्यार्थी भाइबहिनीहरु तथा कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सरस्वती माताले यहाँहरु सबैको ज्ञान, प्रतिभा, आत्मविश्वास र क्षमतामा अझबृद्धी गरिदिउन भन्ने कामना सहित विद्यालय परिवार तथा विद्यार्थीहरुको उत्तरोत्तर प्रगितको लागि शुभेच्छा समेत व्यक्त गर्नु भएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-१०-०१

पर्सा, २०८२ माघ ०१ गते बिहीबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ०४ .स्थित पोखरियाका शितलहरबाट प्रभावित विपन्न दलित तथा अन्य समुदायका गरि एक सय चौरासी (१८४) जना परिवारलाई न्यानो कपडा (कम्लब) वितरण गरियो ।नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षकज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जनकपुर धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाज्यू,यस नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) तथा मधेश प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती वरुणा बडाल थपलियाज्यू, जिल्ला पर्सा पोखरिया नगरपालिका नगरप्रमुख प्रधुमन प्रसाद चौहानज्यू, जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक सुदिप राज पाठकज्यू, पोखरिया नगरपालिकाका उपाध्यक्षज्यू, वडाअध्यक्षज्यू, तथा अन्य प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, संचारकर्मी, भद्रभालादमी समेतको उपस्थिति रहेको थियो ।

विदाई कार्यक्रम सम्पन्न ।
२०८२-०९-२१

काठमाडौं , २०८२ पौष २१ गते सोमबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सचिव (प्रशासन) श्रीमती वरुणा थपलियाज्यू, संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती नविना खत्रीकार्कीज्यूले निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू र निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूलाई फूलमाला लगाई सम्मान पत्र तथा मायाँको चिनो समेत प्रदान गर्नु भएको थियो ।उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्षज्यूको कुशल नेतृत्व, सेवा प्रतिको प्रतिवद्धता, मार्गदर्शन र पदाधिकारीज्यूरुको निरन्तर साथ समर्थन र अथक प्रयास र समर्पणले नै नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएकोमा विशेष धन्यवाद प्रदान गर्दै उँहाहरुको योगदान अतुलनिय र अविष्मरणिय  रहने व्यहोरा समेत विश्वस्त  गराउनु भयो । साथै उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू  तथा निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले सम्पूर्ण पदाधिकारीज्यूहरुको संघ प्रतिको मायाँ,समर्पण र त्यागको कारण नै आफ्नो सेवाकालमा संघको साझा उदेश्य प्राप्त गर्न सफल भएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल प्रहरी श्रीमती संघको स्तरोन्नतीको कामना सहित नव नियुक्त अध्यक्षज्यूलाई हार्दिक बधाई सहित सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन संघका सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-१४

चितवन, २०८२ पौष १३ गते आइतबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंद्वारा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ७ स्थित आधारभुत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थी भाइबिहिनीहरुलाई जाडोको न्यानो कपडा ( स्वीटर, टोपी) वितरण कार्यक्रम सम्पन्न भएको छ । यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीज्यू ,अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीज्यू, खैरहनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनेजर महत्तोज्यू, प्रधानध्यापक मीरा खरेलज्यू, शिक्षक/शिक्षिकाज्यूहरु , अन्य प्रहरी कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरु समेतको उपस्थिति रहेको थियो 

"स्वागत तथा पदभार ग्रहण" कार्यक्रम सम्पन्न
२०८२-०८-२५

काठमाडौ,२०८२ मंसिर २४ गते बुधबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंमा नव नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको  स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु,  आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरुको समेत उपस्थिती रहेको थियो ।  उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षज्यूले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ उर्जाशिल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो  भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो  । साथै यस संघमा रिक्त रहेको कार्यसमितिको पदमा समेत पदपुर्ती कार्यक्रम सम्पन्न भएको थियो ।

“बधाई तथा शुभकामना” कार्यक्रम सम्पन्न ।
२०८२-०८-१५

काठमाडौं, २०८२ मङसिर १५ गते, सोमबार यस नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीज्यूहरुबाट नवनियूक्त हुनु भएका नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू, संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, कार्यसमितिका पदाधिकरीज्यूहरु र आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो भने  कार्यक्रम (सचिव) श्रीमती  अनिता ढकाल अधिकारीज्यूले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
२०८२-०५-१८

काठमाडौ, २०८२ भाद्र ५ गते बिहीबार ।यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती माँया देवी अर्यालज्यू, सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, श्रीमती सजना थापाज्यू, पूर्व अध्यक्षज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अन्य संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु नेपाल प्रहरी श्रीमती संघका साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु, अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरु समेतको उपस्थिती रहेको थियो ।कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल थापाज्यूले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो धर्म, संस्कृतिको जगेर्ना गर्न संघले तीज बिशेष कार्यक्रम आयोजना गरेको र शक्तिको रुप, समर्पणको प्रतिक र संस्कृतिको गौरव बोकेको पवित्र हरितालिका तीज २०८२ को पावन अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरुप्रति सुख, शान्ति, समृद्धि र अटल शौभाग्यको शुभकामना ब्यक्त गर्दै शौभाग्यको सामाग्री समेत प्रदान गर्नु भएको थियो ।विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको उक्त कार्यक्रममा सम्पूर्ण पदाधिकारीज्यूहरुले हरितालिका तीज २०८२ को शुभकामना आदान-प्रदान गर्दै एक आपसमा खुशी समेत बाड्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य श्रीमती राधिका खतिवडाज्यूले गर्नु भएको थियो 

निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०५-१८

काठमाडौं, २०८२ भाद्र १० गते मंगलबार नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नारीहरुको महानचाड “हरितालिक तीज २०८२” को पावन अवसरमा श्रीपशुपतिनाथ मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू, सचिव प्रशासन श्रीमती रुचि शर्मा पोखरेलज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्र रानीबनारी काठमाडौका पदाधिकारीज्यूहरु र नेपाल प्रहरी अस्पतालका विशेषज्ञ सहितको प्राविधिक टोली तथा  प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रममा १२० जना भक्तजनहरुले प्राथमिक स्वास्थ्य परीक्षण गराउनु भई लाभान्वित हुनु भएको थियो ।

४१ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न ।
२०८२-०५-०४

काठमाडौ, २०८२ भाद्र ४ गते, बुधबार*********************************यस नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सव विशेष समारोह कार्यक्रम नेपाल पुलिस क्लव The Blue Pavilion को सभाहलमा “सहचरी स्मारिक २०८२” को विमोचन सहित सम्पन्न भएको छ ।नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दिपक थापाज्यूको प्रमुखआतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यू, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष माँया देवी अर्यालज्यू, सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, श्रीमती सजना थापाज्यू, पूर्व अध्यक्षज्यूहरु, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अन्य संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु नेपाल प्रहरी श्रीमती संघका साधारण सदस्यज्यूहरु, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु, अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरु समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रा.डा. ओममुर्ती अनिलज्यू, वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यज्यू, राम प्रसाद न्यौपाने (गोपाल गुरु) र उत्तम पुडासैनीज्यूलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने विशिष्ट अतिथि संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यूले संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सामाजिक अभियान्ता कविता पौडेलज्यू, प्रहरी उपरीक्षक बशुन्धरा खड्काज्यू, प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पाज्युलाई कदर-पत्र प्रदान गर्नु भई नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रम गतिविधिहरुको उच्च प्रशंसा गर्दै श्रीवृद्धीको कामना गर्नु भएको थियो ।कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेलथापाज्यूले नेपाल प्रहरी श्रीमती संघका कार्यक्रम सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, कार्यसमिति सदस्य श्रीमती अरिना राईज्यू तथा नेपाल प्रहरी प्रधानकार्यालय तथा नेपाल प्रहरी श्रीमती संघका कार्यरत रहि नेपाल प्रहरी श्रीमती संघबाट आयोजित विविध कार्यक्रम गतिविधिहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसा - पत्र प्रदान गर्दै संघले ४१ औं बसन्तमा प्रवेश गरेको पावन अवसरमा संघलाई आजको स्थान सम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिनुहुने अग्रज संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु लगायत संघका सम्पूर्ण पूर्व पदाधिकारीज्यूहरु प्रति उहाँहरुले निर्वाह गर्नुभएको भूमिका र योगदानको विशेष महत्वका साथ स्मरण गर्दै संघको सामाजिक सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने नेपाल प्रहरी संगठन, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई उहाँहरुको साथ, समर्थन र सहयोगको लागि विशेष धन्यवाद अर्पण गर्नु भएको थियो ।त्यसै गरी नेपाल प्रहरी श्रीमती संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै संघको वार्षिक कार्यक्रम गतिविधि समेत प्रस्तुत गर्नु भएको थियो ।सो अवसरमा संघ तथा प्रदेशद्वारा सम्पन्न गरिएको कार्यक्रम तथा गतिविधि समेटिएको वृत्त चित्र तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कालिका कार्कीज्यूले गर्नु भएको थियो

"रक्तदान ( Blood Donation)” कार्यक्रम सम्पन्न काठमाडौं,२०८२ श्रावण २१ गते बुधबार
२०८२-०४-२१

यस नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा थापाज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यू, संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु,नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु,आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु,सिनियर प्रहरी अधिकृतज्यूहरु काठमाडौं उपत्यका स्थित विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा ७ वटै प्रदेश कार्यालयहरुमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिएको र यस रक्तदान कार्यक्रमबाट रगतको अभावमा छटपटिएका बिरामीहरुलाई मृत्युवरण हुनबाट जोगिन थप टेवा पुग्ने कुरा बताउदै रक्तदान जस्तो पुण्य कर्ममा जोडिने रक्तदाताहरुलाई धन्यवाद समेत प्रदान गर्नु भयो

नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न
२०८२-०४-१२

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको दोस्रो सोमबार श्रीपशुपतीनाथको मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु तथा आसरा सुधार केन्द्र रानीबारी  काठमाडौंका पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा २०० जना श्रदालु भक्तजनहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएका छन् ।