"सेवा नै धर्म हो"
काठमाडौं, बि.सं.२०८२ फागुन ०३ गते, आइतबार ।महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको सहकार्यमा पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि प्रथामिक स्वास्थ्य उपचार,शुद्ध पिउने पानी तथा भक्तजनहरुको सुरक्षार्थमा खटिएका प्रहरी कर्मचारीहरुलाई खाजा शिविर कार्यक्रम सम्पन्नः उक्त शिविरलाई नेपाल प्रहरी संगठनका प्रमुख श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्किज्यू, …
काठमाडौं, २०८२ माग २८ गते बुधबार ।नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष श्री पंकज जलानज्यूले हस्ताक्षर गर्नु भएको थियो ।गुणस्तरीय शिक्षा, नैतिक …
रुपन्देही, २०८२ माघ १४ गते बुधबार । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.०८ बसडिलवा अवस्थित रहेको सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती …
काठमाडौं, २०८२ माग ०९ गते शुक्रबार ।यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा बसन्त पञ्चमीको शुभ-अवसरमा नेपाल प्रहरी विद्यालय सामाखुशी काठमाडौंको प्राङ्गणमा रहेको मन्दिरमा सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरी नेपाल प्रहरी श्रीमती संघको तर्फबाट विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुको साथै विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो साथै हाम्रो …
पर्सा, २०८२ माघ ०१ गते बिहीबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ०४ .स्थित पोखरियाका शितलहरबाट प्रभावित विपन्न दलित तथा अन्य समुदायका गरि एक सय चौरासी (१८४) जना परिवारलाई न्यानो कपडा (कम्लब) वितरण गरियो ।नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षकज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख …
काठमाडौं , २०८२ पौष २१ गते सोमबार ।यस नेपाल प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सचिव (प्रशासन) श्रीमती वरुणा थपलियाज्यू, संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, …
चितवन, २०८२ पौष १३ गते आइतबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंद्वारा जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ७ स्थित आधारभुत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थी भाइबिहिनीहरुलाई जाडोको न्यानो कपडा ( स्वीटर, टोपी) वितरण कार्यक्रम सम्पन्न भएको छ । यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, …
काठमाडौ,२०८२ मंसिर २४ गते बुधबार ।यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंमा नव नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै …