प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
परियोजनाहरु
 
आसरा सुधार केन्द्र

 

वि.सं. २०५४ साल असारमा काठमाडौं उपत्यका भित्र विभिन्न प्रकारका अपराधिक गतिविधि बढ्दै गएको कारण नेपाल प्रहरीले त्यस्ता प्रकारका क्रियाकलापमा सम्बद्ध २७२ जना यूवाहरूलाई पक्राउ गरी छानविन गर्दा १११ जना यूवाहरू लागू औषध दुर्व्यसनमा फसेको पाइयो। उक्त दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई नेपाल प्रहरीको पहल कदमीमा २०५४ साल आषाढ १ गते "लागू औषध दुर्व्यसनी सुधार शिविर" स्थापना भएको थियो । विभिन्न बाधा र अड्चनको वावजुद पनि नेपाल प्रहरीले उक्त समुहलाई ३ महिनासम्म निःशुल्क उपचार गरेको थियो । नेपाल प्रहरीको बृहत्तर जिम्मेवारी भएको कारण उक्त शिविर संचालन गर्ने जिम्मेवारी २०५४ साल आश्विन १ गतेदेखि नेपाल प्रहरी श्रीमती संघलाई हस्तान्तरण भई उक्त संघको सुपरिवेक्षणमा संचालन हुंदै आएको छ । उक्त शिविरको नाममा केही परिवर्तन गरी "आसरा सुधार केन्द्र" नामक एक मुनाफा रहित गैह्र सरकारी संस्थाको रुपमा २०५५ साल माघ १९ गते संस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई २०५७ माघ ३ गते देखि समाज कल्याण परिषदमा, २०६९।०४।११ गते गृह मन्त्रालयमा सुचिकृत र मिति २०७३।०१।०२ गते गृह-मन्त्रालयमा आवद्ध समेत भई सेवा प्रदान गर्दै आएको छ । यस  केन्द्रले स्थापनाकाल देखि आ.व. २०८०-०८१ सम्ममा ६,१९२ (छ हजार एक सय बयानब्बे) जनालाई उपचार सेवा प्रदान गरिसकेको छ । 

विस्तृतमा...