प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनबीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।

२०८२-१०-२८

  • A
  • A-
  • A+

काठमाडौं, २०८२ माग २८ गते बुधबार ।

नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउन्डेसन बीच आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

 उक्त समझदारीपत्र (MoU) कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू र लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका तर्फबाट अध्यक्ष श्री पंकज जलानज्यूले हस्ताक्षर गर्नु भएको थियो ।

गुणस्तरीय शिक्षा, नैतिक मूल्य, अनुशासन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सम्पन्न उक्त समझदारीपत्र मार्फत नेपाल प्रहरीमा सेवारत तथा अवकासप्राप्त प्रहरी कर्मचारीका परिवारहरू र अमर/अशक्त प्रहरीका परिवारलाई लक्षित गरी  गुणस्तरीय सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति र क्षमता विकासका अवसरहरू प्रदान गर्ने सहमति भएको उक्त समझदारीपत्र (MoU) कार्यक्रममा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका पदाधिकारीज्यूरहरु, त्यसैगरी श्रीमती संघका महासचिव अन्जु कार्कीज्यू,कोषाध्यक्ष राधिका ज्ञवालीज्यू र संघका अन्य पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।