प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खाद्यान्न बितरण कार्यक्रम सम्पन्न ।

२०८२-१०-१४

  • A
  • A-
  • A+

रुपन्देही, २०८२ माघ १४ गते बुधबार ।

  नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं.०८ बसडिलवा अवस्थित रहेको सिद्धार्थ बालगृह (अनाथालय) मा भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।

  नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीमती पुजा खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीज्यू, अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, सिद्धार्थ बालगृह अनाथ आश्रमका सञ्चालक कृष्ण माया गुरुङ सोही आश्रमका पदाधिकारीहरुज्यू, अन्य प्रहरी कर्मचारी, पत्रकारहरु र स्थानीय बासिन्दाहरु समेतको उपस्थिति रहेको थियो ।