प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न ।

२०८२-१०-०९

  • A
  • A-
  • A+

काठमाडौं, २०८२ माग ०९ गते शुक्रबार ।

यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा बसन्त पञ्चमीको शुभ-अवसरमा नेपाल प्रहरी विद्यालय सामाखुशी काठमाडौंको प्राङ्गणमा रहेको मन्दिरमा सरस्वती पुजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरी नेपाल प्रहरी श्रीमती संघको तर्फबाट विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुको साथै विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गर्नु भएको थियो साथै हाम्रो स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत भाइबहिनीहरुलाई शैक्षिक सामाग्री तथा प्रविधी युक्त शिक्षाको लागि Smart Board  समेत हस्तान्तरण गर्नु भएको थियो । 

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्र.ना.म.नि. ओम प्रसाद अधिकारीज्यू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, शिक्षक/शिक्षिकाज्यूहरु, विद्यार्थी भाइबहिनीहरु तथा कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सरस्वती माताले यहाँहरु सबैको ज्ञान, प्रतिभा, आत्मविश्वास र क्षमतामा अझबृद्धी गरिदिउन भन्ने कामना सहित विद्यालय परिवार तथा विद्यार्थीहरुको उत्तरोत्तर प्रगितको लागि शुभेच्छा समेत व्यक्त गर्नु भएको थियो ।