प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न ।

२०८२-१०-०१

  • A
  • A-
  • A+

पर्सा, २०८२ माघ ०१ गते बिहीबार ।

यस नेपाल प्रहरी श्रीमती संघद्वारा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ०४ .स्थित पोखरियाका शितलहरबाट प्रभावित विपन्न दलित तथा अन्य समुदायका गरि एक सय चौरासी (१८४) जना परिवारलाई न्यानो कपडा (कम्लब) वितरण गरियो ।

नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षकज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जनकपुर धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाज्यू,

यस नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) तथा मधेश प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती वरुणा बडाल थपलियाज्यू, जिल्ला पर्सा पोखरिया नगरपालिका नगरप्रमुख प्रधुमन प्रसाद चौहानज्यू, जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक सुदिप राज पाठकज्यू, पोखरिया नगरपालिकाका उपाध्यक्षज्यू, वडाअध्यक्षज्यू, तथा अन्य प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, संचारकर्मी, भद्रभालादमी समेतको उपस्थिति रहेको थियो ।