विदाई कार्यक्रम सम्पन्न ।
२०८२-०९-२१
- A
- A-
- A+
काठमाडौं , २०८२ पौष २१ गते सोमबार ।
यस नेपाल प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्षज्यू तथा पदाधिकारीज्यूहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू, संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सचिव (प्रशासन) श्रीमती वरुणा थपलियाज्यू, संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती नविना खत्रीकार्कीज्यूले निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू र निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूलाई फूलमाला लगाई सम्मान पत्र तथा मायाँको चिनो समेत प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्षज्यूको कुशल नेतृत्व, सेवा प्रतिको प्रतिवद्धता, मार्गदर्शन र पदाधिकारीज्यूरुको निरन्तर साथ समर्थन र अथक प्रयास र समर्पणले नै नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएकोमा विशेष धन्यवाद प्रदान गर्दै उँहाहरुको योगदान अतुलनिय र अविष्मरणिय रहने व्यहोरा समेत विश्वस्त गराउनु भयो । साथै उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गज्यू तथा निवर्तमान महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले सम्पूर्ण पदाधिकारीज्यूहरुको संघ प्रतिको मायाँ,समर्पण र त्यागको कारण नै आफ्नो सेवाकालमा संघको साझा उदेश्य प्राप्त गर्न सफल भएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल प्रहरी श्रीमती संघको स्तरोन्नतीको कामना सहित नव नियुक्त अध्यक्षज्यूलाई हार्दिक बधाई सहित सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन संघका सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो ।