न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-१४
- A
- A-
- A+
चितवन, २०८२ पौष १३ गते आइतबार ।
यस
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंद्वारा जिल्ला चितवन खैरहनी
नगरपालिका वडा नं. ७ स्थित आधारभुत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थी
भाइबिहिनीहरुलाई जाडोको न्यानो कपडा ( स्वीटर, टोपी) वितरण कार्यक्रम
सम्पन्न भएको छ ।
यस नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीज्यू ,अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीज्यू, खैरहनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनेजर महत्तोज्यू, प्रधानध्यापक मीरा खरेलज्यू, शिक्षक/शिक्षिकाज्यूहरु , अन्य प्रहरी कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरु समेतको उपस्थिति रहेको थियो