प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"स्वागत तथा पदभार ग्रहण" कार्यक्रम सम्पन्न

२०८२-०८-२५

  • A
  • A-
  • A+

काठमाडौ,२०८२ मंसिर २४ गते बुधबार ।

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंमा नव नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको  स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

संघमा आयोजित उक्त कार्यक्रममा संघका उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु,  आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरुको समेत उपस्थिती रहेको थियो ।  

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षज्यूले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ उर्जाशिल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो  भने उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यूले गर्नु भएको थियो  ।

साथै यस संघमा रिक्त रहेको कार्यसमितिको पदमा समेत पदपुर्ती कार्यक्रम सम्पन्न भएको थियो ।