“बधाई तथा शुभकामना” कार्यक्रम सम्पन्न ।
२०८२-०८-१५
- A
- A-
- A+
काठमाडौं, २०८२ मङसिर १५ गते, सोमबार
यस नेपाल प्रहरी श्रीमती
संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीज्यूहरुबाट नवनियूक्त हुनु भएका
नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर
कार्कीज्यूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान
बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री
कार्कीज्यू, संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू,
कार्यसमितिका पदाधिकरीज्यूहरु र आसरा सुधार केन्द्रका
पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु तथा अन्य
प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमलाई
सम्बोधन गर्दै संघका कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले शुभकामना मन्तव्य प्रदान
गर्नु भएको थियो भने कार्यक्रम (सचिव)
श्रीमती अनिता ढकाल अधिकारीज्यूले कार्यक्रम
सञ्चालन गर्नु भएको थियो ।