हरितालिका तीज विशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
२०८२-०५-१८
- A
- A-
- A+
काठमाडौ, २०८२ भाद्र ५ गते बिहीबार ।
यस नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा हरितालिका तीज २०८२ विशेष शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती माँया देवी अर्यालज्यू, सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, श्रीमती सजना थापाज्यू, पूर्व अध्यक्षज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अन्य संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु नेपाल प्रहरी श्रीमती संघका साधारण सदस्यज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु, अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरु समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल थापाज्यूले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो धर्म, संस्कृतिको जगेर्ना गर्न संघले तीज बिशेष कार्यक्रम आयोजना गरेको र शक्तिको रुप, समर्पणको प्रतिक र संस्कृतिको गौरव बोकेको पवित्र हरितालिका तीज २०८२ को पावन अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरुप्रति सुख, शान्ति, समृद्धि र अटल शौभाग्यको शुभकामना ब्यक्त गर्दै शौभाग्यको सामाग्री समेत प्रदान गर्नु भएको थियो ।
विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको उक्त कार्यक्रममा सम्पूर्ण पदाधिकारीज्यूहरुले हरितालिका तीज २०८२ को शुभकामना आदान-प्रदान गर्दै एक आपसमा खुशी समेत बाड्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य श्रीमती राधिका खतिवडाज्यूले गर्नु भएको थियो