निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०५-१८
- A
- A-
- A+
काठमाडौं, २०८२ भाद्र १० गते मंगलबार
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नारीहरुको महानचाड “हरितालिक तीज २०८२” को पावन अवसरमा श्रीपशुपतिनाथ मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू, सचिव प्रशासन श्रीमती रुचि शर्मा पोखरेलज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्र रानीबनारी काठमाडौका पदाधिकारीज्यूहरु र नेपाल प्रहरी अस्पतालका विशेषज्ञ सहितको प्राविधिक टोली तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रममा १२० जना भक्तजनहरुले प्राथमिक स्वास्थ्य परीक्षण गराउनु भई लाभान्वित हुनु भएको थियो ।