४१ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न ।
२०८२-०५-०४
- A
- A-
- A+
काठमाडौ, २०८२ भाद्र ४ गते, बुधबार
यस नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सव विशेष समारोह कार्यक्रम नेपाल पुलिस क्लव The Blue Pavilion को सभाहलमा “सहचरी स्मारिक २०८२” को विमोचन सहित सम्पन्न भएको छ ।
नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दिपक थापाज्यूको प्रमुखआतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यू, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष माँया देवी अर्यालज्यू, सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालज्यू, श्रीमती सजना थापाज्यू, पूर्व अध्यक्षज्यूहरु, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, अन्य संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु नेपाल प्रहरी श्रीमती संघका साधारण सदस्यज्यूहरु, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु, अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रा.डा. ओममुर्ती अनिलज्यू, वरिष्ठ हाँस्य
कलाकार हरिवंश आचार्यज्यू, राम प्रसाद न्यौपाने (गोपाल गुरु) र उत्तम पुडासैनीज्यूलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो भने विशिष्ट अतिथि संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यूले संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, सामाजिक अभियान्ता कविता पौडेलज्यू, प्रहरी उपरीक्षक बशुन्धरा खड्काज्यू, प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पाज्युलाई कदर-पत्र प्रदान गर्नु भई नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रम गतिविधिहरुको उच्च प्रशंसा गर्दै श्रीवृद्धीको कामना गर्नु भएको थियो ।
कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा पौडेल
थापाज्यूले नेपाल प्रहरी श्रीमती संघका कार्यक्रम सचिव श्रीमती अनिता ढकाल
अधिकारीज्यू, कार्यसमिति सदस्य श्रीमती अरिना राईज्यू तथा नेपाल प्रहरी प्रधान
कार्यालय तथा नेपाल प्रहरी श्रीमती संघका कार्यरत रहि नेपाल प्रहरी श्रीमती संघबाट आयोजित विविध कार्यक्रम गतिविधिहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसा - पत्र प्रदान गर्दै संघले ४१ औं बसन्तमा प्रवेश गरेको पावन अवसरमा संघलाई आजको स्थान सम्म पुर्याउन महत्वपूर्ण योगदान दिनुहुने अग्रज संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु लगायत संघका सम्पूर्ण पूर्व पदाधिकारीज्यूहरु प्रति उहाँहरुले निर्वाह गर्नुभएको भूमिका र योगदानको विशेष महत्वका साथ स्मरण गर्दै संघको सामाजिक सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने नेपाल प्रहरी संगठन, विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई उहाँहरुको साथ, समर्थन र सहयोगको लागि विशेष धन्यवाद अर्पण गर्नु भएको थियो ।
त्यसै गरी नेपाल प्रहरी श्रीमती संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले स्वागत मन्तव्य व्यक्त गर्दै संघको वार्षिक कार्यक्रम गतिविधि समेत प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा संघ तथा प्रदेशद्वारा सम्पन्न गरिएको कार्यक्रम तथा गतिविधि समेटिएको वृत्त चित्र तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कालिका कार्कीज्यूले गर्नु भएको थियो