“शैक्षिक सामाग्री” वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०३-२५
- A
- A-
- A+
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजनामा जिल्ला धादिङ बेनीघाट रोराङ-२ सिम्थली स्थित प्रजा आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सचिव कार्यक्रम श्रीमती रुची शर्माज्यू, कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, विशेष अतिथि बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष विवेक थपलियाज्यू, ऐ.ऐ. उपाध्यक्ष ताप बहादुर श्रेष्ठज्यू , सभा अध्यक्ष ऐ. वडा नं. २ का वडा अध्यक्ष हेमराज भुजेलज्यू, नेपाल प्रहरी श्रीमती संघका सह-सचिव प्रशासन श्रीमती चेतना चन्द शाहीज्यू, सदस्यहरु श्रीमती मुना रेग्मीज्यू, श्रीमती अञ्जली तण्डुकारज्यू, बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशनका अध्यक्ष डा. राम थापा क्षेत्रीज्यू, विद्यालयका प्रधानध्यापकज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यू, सिनियर प्रहरी अधिकृतज्यू , शिक्षक/शिक्षिकाज्यूहरु अन्य प्रहरी कर्मचारीज्यूहरु स्थानिय भद्रभलादमीहरु तथा विद्यार्थी भाइबहिनीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले शिक्षा नै मानव जीवनको अमुल्य धन हो भन्ने आदर्श वाक्यलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले विद्यालयमा अध्ययनरत भाइबहिनीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण कार्यक्रम आयोजना गरिएको र शिक्षा मानव जीवनको दिप हो , जसले अन्धकारलाई उज्यालोमा रुपान्तरण गर्दछ । यही उज्यालोले भविष्यको बाटो देखाउँदछ, सपनाहरुलाई सार्थकता दिन्छ र जीवनलाई सही मार्ग निर्देशन गर्दछ । आज हामीले यहाँ वितरण गरेका शैक्षिक सामाग्रीहरु केवल किताब कापी मात्र होईनन् यी बालबालिकाहरुको भविष्य निर्माण गर्ने स-साना ईट्टा हुन भन्ने कुरा समेत बताउनु भयो ।