प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“प्रारम्भिक बालविकास Early Childhood Development (ECD)” तालिम समुद्घाटन तथा कार्यसमिति सदस्य पदमा नियुक्ति कार्यक्रम सम्पन्न ।

२०८२-०३-२३

  • A
  • A-
  • A+

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा International Child Development Program (ICDP)को समन्वय तथा  सहकार्यमा ७ (सात) दिन कार्य अवधिको प्रारम्भिक बालविकास Early Childhood Development (ECD) तालिम समुद्घाटन कार्यक्रम सम्पन्न भयो । साथै  नेपाल प्रहरी श्रीमती संघद्वारा रिक्त रहेको कार्यसमितिको सदस्य पदमा श्रीमती राधिका खतिवडाज्यूलाई नियुक्ती गरिएको  ।

 उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा थापाज्यू, महासचिव श्रीमती अनुश्री पाख्रिनज्यू,  सचिव  प्रशासन श्रीमती रुचि शर्माज्यू, कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-कोषाध्यक्ष श्रीमती राधिका ज्ञवालीज्यू, सह-सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्माज्यू, कार्यसमितिका सदस्य श्रीमती मुना रेग्मीज्यू, श्रीमती कल्पना काफ्लेज्यू, श्रीमती अरिना राईज्यू, International Child Development Program (ICDP) सहजकर्ता सिर्जना तिवारीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती  रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले प्रारम्भिक बालबिकासको चरणमा दिईएको स्नेह, स्याहार र उचित मार्गदर्शन नै बालबालिकाहरुको भविष्यको आधारशिला हो । हामीले हाम्रो भविष्यको आधारस्तम्भको रुपमा रहेका बालबालिकाहरुलाई तिनीहरुको समग्र विकासको लागि प्रारम्भिक शिक्षा, अभिभावकिय सिप प्रदान गर्ने उदेश्यको साथ यस तालिम सञ्चालन गरिएको र प्रारम्भिक बालबिकास ( Early Childhood Development) को चरणमा प्राप्त आधारभुत शिक्षा, स्याहार, संरक्षण र संस्कारले बालबालिकाहरुको सम्पूर्ण व्यक्तित्व निर्माणमा अमुल्य भुमिका खेल्ने समेत बताउनु भयो ।