लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२५ को अवसरमाआसरा सुधार केन्द्र रानीबारी काठमाण्डौमा आयोजित कार्यक्रम ।
२०८२-०३-०९
- A
- A-
- A+
काठमाडौँ, २०८२ असार ०९ गते, सोमबार ।
आसरा सुधार केन्द्र रानीबारी तथा यस संघका समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको सभाध्यक्षतामा आसरा सुधार केन्द्र रानीबारी परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२५ को अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी आदरणीय उपाध्यक्षज्यू, आसरा सुधार केन्द्रकी आदरणीय सचिवज्यू, कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा केन्द्रका कर्मचारीहरु लगायत उपचाररत सदस्यहरुको उपस्थितीमा आसरा सुधार केन्द्रकी आदरणीय कोषाध्यक्ष कुशुम अधिकारीज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई आसरा सुधार केन्द्रकी आदरणीय सचिव श्रीमती शामिला पोखरेलज्यूबाट स्वागत मन्तव्य व्यक्त गर्नु भएको, उपचाररत सदस्यहरुबाट तयार पारिएका साँस्कृतिक कार्यक्रम, जनचेतनामूलक नाटक प्रस्तुती तथा ३० वर्षे सेवा अवधिको कारण अनिवार्य अवकाश जानु भएका पूर्व प्रहरी नायव निरीक्षक नरेन्द्र कुमार शाह ठकुरीलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट मायाँको चिनो र कदर पत्र प्रदान तथा केन्द्रले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका बिजेता उपचाररत खेलाडी सदस्यहरुलाई केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट पुरस्कार बितरण गर्नु भई समादरणीय अध्यक्षज्यूबाट आफ्नो प्रेरणादायी धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमका केही झलकहरु ।