विदाई तथा सम्मान कार्यक्रम सम्पन्न ।
२०८१-१२-२१
- A
- A-
- A+
काठमाडौं,२०८१ चैत्र २१ गते बिहिबार ।
यस नेपाल प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू तथा उपाध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई विदाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, निवर्तमान उपाध्यक्ष श्रीमती विन्दु अधिकारी ढकालज्यू, निवर्तमान सचिव (कार्यक्रम) श्रीमती अनिता गुरुङज्यू,निवर्तमान सल्लाहकार श्रीमती निला थापा रावलज्यू संघका अन्य पदाधिकारीज्यूहरु प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूले निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू लगायत बिदाई भई जानु हुने उपाध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई फूलमाला लगाई सम्मान पत्र तथा मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । साथै उक्त कार्यक्रमलाई सम्वोधन गर्दै निवर्तमान अध्यक्षज्यूको कुशल नेतृत्व, सेवा प्रतिको प्रतिवद्धता, मार्गदर्शन र पदाधिकारीज्यूहरुको निरन्तर साथ मसर्थन र अथक प्रयास र समर्पणले नै नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरुको योगदान अतुलनिय र अविष्मरणिय रहने व्यहोरा समेत विश्वस्त गराउनु भयो ।
साथै उक्त कार्यक्रममा सम्वोधन गर्दै निवर्तमान अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले सम्पूर्ण पदाधिकारीज्यूहरुको संघ प्रतिको मायाँ, समर्पण र त्यागको कारण नै आफ्नो सेवा कालमा संघको साझा उदेश्य प्राप्त गर्न सफल भएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल प्रहरी श्रीमती संघको स्तरोन्नतीको कामनाको साथ नव नियुक्त अध्यक्षज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम संघका सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले संचालन गर्नु भएको थियो ।