प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वागत तथा शुभकामना" कार्यक्रम सम्पन्न ।

२०८१-१२-२१

  • A
  • A-
  • A+

काठमाडौ,२०८१ चैत्र २१ गते बिहिबार ।

यस नेपाल प्रहरी श्रीमती संघद्वारा नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

संघमा आयोजित उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, आसरा सुधार केन्द्रका कोषाध्यक्ष श्रीमती नविना कार्कीज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष श्रीमती रुपा थापाज्यूले आफू नेपाल प्रहरी श्रीमती संघ जस्तो पवित्र संस्थाको गरिमामय पदमा पदभार ग्रहण गर्दै गर्दा आफ्नो जिम्मेवारीलाई उच्च सम्मान र कर्तव्यबोधको साथ स्वीकार गरेको र नेपाल प्रहरी श्रीमती संघले सम्पादन गर्दै आएका कार्यहरुको उच्च कदर गर्दै आगामी दिनमा नेपाल प्रहरी श्रीमती संघलाई समय सापेक्ष अझ सवल र सुदृढ बनाउन प्रभावकारी ढङ्गले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यूले दिनु भएको थियो भने कार्यक्रम संचालन सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यूले गर्नु भएको थियो ।