प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रविधि युक्त शिक्षाको लागि 𝐒𝐦𝐚𝐫𝐭 𝐁𝐨𝐚𝐫𝐝 हस्तान्तरण कार्यक्रम सु-सम्पन्न ।

२०८१-०८-०१

  • A
  • A-
  • A+

दाङ, २०८१ मंसिर १ गते, शनिबार ।

यस नेपाल प्रहरी श्रीमती संघद्वारा नेपाल पुलिस स्कुल घोराही दाङलाई २ (दुई) थान 𝑺𝒎𝒂𝒓𝒕 𝑩𝒐𝒂𝒓𝒅 यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले प्रविधी मैत्री शिक्षा आजको आवश्यकता भन्ने भनाइलाई हृदयगमन गरी नेपाल प्रहरी श्रीमती संघले पहिलो चरणमा नेपाल पुलिस स्कुल साँगा र सामाखुशीलाई ३/३ थान 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरिसकेको र तेस्रो चरणमा आज नेपाल पुलिस स्कुल घोराही दाङलाई 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 प्रदान गरेको हो । 

उक्त 𝙎𝙢𝙖𝙧𝙩 𝘽𝙤𝙖𝙧𝙙 नेपाल प्रहरी श्रीमती संघबाट समय-समयमा अनुगमन भईरहने र विद्यालयहरुले पनि पूर्ण हिफाजतको साथ प्रयोगमा ल्याउने विस्वास व्यक्त गर्नुका साथै विद्यालयमा अध्ययनरत छात्र छात्राको मनोवल अभिवृद्धी एवम् शैक्षिक गुणस्तर वृद्धीका लागि रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

साथै अन्य बाँकी नेपाल पुलिस स्कुलहरुमा समेत 𝗦𝗺𝗮𝗿𝘁 𝗕𝗼𝗮𝗿𝗱 जडान गर्ने कार्य भैरहेको कुरा बताउनु भयो ।