हलुका सवारी चालक (Driving) तालिम" समापन कार्यक्रम
२०८१-०९-२१
- A
- A-
- A+
भृकुटीमण्डप काठमाडौं, २०८१ पुष २१ गते, आइतबार ।
यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौको आयोजनामा सञ्चालित २३ कार्य दिन अवधिको हलुका सवारी चालक (Driving) तालिम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू, सचिव(प्रशासन) श्रीमती अनिता गुरुङज्यू, वरिष्ठ सल्लाहकार श्रीमती निलम कडायतज्यू, सह-कोषाध्यक्ष श्रीमती संगिता लम्सालज्यू, सह-सचिव (प्रशासन) श्रीमती चेतना चन्द शाहीज्यू, कार्यसमितिका पदाधिकारी श्रीमती राधिका ज्ञवालीज्यू, श्रीमती मन्जु पौडेलज्यू, श्रीमती मुना रेग्मीज्यू, श्रीमती कल्पना काफ्लेज्यू, श्रीमती अञ्जली तण्डुकारज्यू, श्रीमती अरिना राईज्यू, प्रहरी अधिकृतज्यू, तालिम प्रशिक्षकज्यूहरु, प्रशिक्षार्थीहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सफलता पूर्वक तालिम सम्पन्न गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै तालिममा सिकेको ज्ञान तथा सिपलाई उच्चतम प्रयोग गरी व्यवसायिक रुपमा सक्षम र सवल बन्न समेत निर्देशन दिदै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो भने प्रशिक्षण प्रदान गर्ने प्रशिक्षकज्यूहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नु भयो । उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यूले गर्नु भएको थियो भने तालिम प्रतिवेदन तालिम संयोजक श्रीमती अनिता गुरुङज्यूले पेश गर्नु भएको थियो ।