नि: शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम” सम्पन्न।
२०८१-०५-२५
- A
- A-
- A+
काठमाडौं, २०८१ भाद्र २१ गते शुक्रबार ।
यस नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नारीहरुको महान् चाड "हरितालिका तीज २०८१" को पावन अवसरमा श्री पशुपतिनाथको मन्दिर पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्षज्यूहरू,सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, धार्मिक तथा सांस्कृतिक उप-समित र स्वास्थ्य उप-समितिका पदाधिकारीज्यूहरु र नेपाल प्रहरी अस्पतालका विशेषज्ञ सहितको प्राविधिक टोली तथा प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको उक्त नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रममा श्रद्धालु भक्तजनहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको छ।