“माया मेट्रो अस्पताल र नेपाल प्रहरी श्रीमती संघ बिच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम” सम्पन्न ।
२०८१-०५-२३
- A
- A-
- A+
काठमाडौं २०८१ भाद्र २० गते बिहिबार ।
धनगढी उप-महानगरपालिका वडा नं.०३ स्थितमा रहेको माया मेट्रो अस्पताल धनगढी र नेपाल प्रहरी श्रीमती संघ बिच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रबिन्द्र के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेश धनगढीका अध्यक्ष श्रीमती सुष्मा राणा के.सी.ज्यू, माया मेट्रो हस्पिटल प्रा. लि.का मेडिकल निर्देशक डा. मोहन साउँद, लेखा अधिकृत धर्म बहादुर बोगटीज्यू,मेट्रो हस्पिटल कर्मचारीज्यूहरु तथा प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिति रहेको थियो ।