परिचय
'सेवा नै धर्म हो' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्रसेवाको पुनित कार्यको लागि संगठित गर्न, राष्ट्रमा समय–समयमा आईपर्ने विभिन्न प्रकारका दैवि प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते यस नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाण्डौंमा रहेको छ ।
नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफा रहित संस्था भएको कारण उद्देश्य अनुरुपका लोक कल्याणकारी कार्यक्रम तथा क्रियाकलाप संचालनको लागि साधन, श्रोतको आवश्यकता सर्वविदितै छ । जसको व्यवस्था संघ आफैले गर्न सक्दैन । यस्तो अवस्थामा सबै क्षेत्र, संघ-संस्था वा व्यक्तिहरुबाट सक्दो योगदानको अपेक्षा राख्दछ । साथै संघलाई प्रभावकारी र उर्जाका साथ अगाडी बढाउनको लागि आफ्ना सुझाव र सल्लाहहरु संघको केन्द्रीय कार्यालय, भृकुटीमण्डप स्थित कार्यालयमा स्थापित सुझाव पेटिकामा राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।
कार्यसमितिको पदाधिकारीज्यूहरुः
अध्यक्ष श्रीमती नबिना खत्री कार्की
महासचिव श्रीमती अन्जु कार्की
सचिव (कार्यक्रम) श्रीमती संगिता लम्साल
सचिव (प्रशासन) श्रीमती बरुणा थपलिया
कोषाध्यक्ष श्रीमती राधिका ज्ञवाली
सह-सचिव (प्रशासन) श्रीमती चेतना चन्द शाही
सह- सचिव (कार्यक्रम) श्रीमती मन्जु शर्मा
कार्यसमिति सदस्य श्रीमती मुना रेग्मी
कार्यसमिति सदस्य श्रीमती कल्पना काफ्ले
कार्यसमिति सदस्य श्रीमती अनिता ढकाल पौडेल
कार्यसमिति सदस्य श्रीमती अञ्जली तण्डुकार
कार्यसमिति सदस्य श्रीमती प्रिती कुमारी चौधरी
कार्यसमिति सदस्य श्रीमती अरिना राई