प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघ अध्यक्ष श्रीमती नविना खत्री कार्की

 

विगत लामो समयदेखि नेपाल प्रहरी श्रीमती संघमा आवद्ध रहि सामाजिक सेवा, महिला सशक्तिकरण तथा प्रहरी परिवारको समग्र हित र कल्याणको क्षेत्रमा समर्पित व्यक्तित्वको रुपमा परिचित श्रीमती नविना खत्री कार्कीज्यू २०८२ साल कार्तिक २७ गते देखि नेपाल प्रहरी श्रीमती संघको २३ औं अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । 


अध्यक्षको भूमिकामा रहदै गर्दा उहाँले नेपाल प्रहरी श्रीमती संघलाई सेवामूखी, जनमूखी तथा परिमाणमूखी संस्थाको रुपमा सुदृढ बनाउने दिशामा सक्रिय पहल गर्दै संस्थालाई परोपकारी र लोक कल्याणकारी कार्यको क्षेत्रमा छुट्टै नाम स्थापित गर्न सफल हुनु भएको छ । उहाँको नेतृत्वमा संघले प्रहरी परिवार, महिला तथा बालबालिका, पिछडिएको तथा लोपोन्मुख समुदायलाई केन्द्रमा राखी शिक्षा, स्वास्थ्य, सीप विकास, आत्मनिर्भरता , सामाजिक सचेतना तथा राहत सहयोग सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विशेष गरी विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग, महिला क्षमता अभिवृद्धी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा संघको भूमिका थप प्रभावकारी बन्दै गएको छ । समन्वय ,सहकार्य, सेवा भावना र समावेशी सोचलाई मूल आधार मानेर अध्यक्ष कार्कीज्यूले संघ र सम्बन्धित निकायहरु बिचको समन्वयलाई थप मजबुत बनाउनु भएको छ । 

अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले नेपाल प्रहरी श्रीमती संघको संरक्षकत्वमा सञ्चालित आसरा सुधार केन्द्र रानीबारी काठमाडौंमा कोषाध्यक्ष र यस संघमा तत्कालिन महासचिवको  जिम्मेवारी समेत वहन गर्दै आउनु भएको थियो ।


स्पष्ट वक्ता, नम्र/शालिन स्वभाव, सेवा भाव र सामाजिक उत्तरदायि प्रतिको दृढ प्रतिवद्धता जस्ता असल गुणले भरिपूर्ण अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू प्रहरी परिवार तथा समाजका लागि एक उत्कृष्ठ समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । उहाँको  जन्म वि.स.२०३९ साल जेठ १८ गते काठमाडौंमा बुबा लोक बहादुर खत्री र आमा लक्ष्मी खत्रीको कोखबाट भएको हो भने उहाँ हाल २(दुई) छोरीहरु दिव्या कार्की, दिपिका कार्की र श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको साथमा जिल्ला काठमाडौं चुनदेवीमा बसोबास गर्दै आउनु भएको छ ।