प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कार्यक्रम तथा गतिविधिहरुः

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा यस केन्द्रद्धारा नेपाल पुलिस स्कुल सामाखुशी काठमाण्डौमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ को अवसरमा आयोजना गरिएको “लागूऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धी” को जनचेतनामूलक कार्यक्रमका केही झलकहरु ।

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा यस केन्द्रद्धारा नेपाल पुलिस स्कुल साँगा, काभ्रेपलाञ्चोकमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ को अवसरमा आयोजना गरिएको “लागूऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धी” को जनचेतनामूलक कार्यक्रमका केही झलकहरु ।

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको सभाध्यक्षतामा केन्द्र परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ को अवसरमा आयोजना गरिएको कार्यक्रमका केही झलकहरु ।

यस केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर मोरङ तथा आसरा सुधार केन्द्र पानवारी धरान सुनसरीको समन्वय तथा सहकार्यमा लागू औषध दुरुपयोग एवं अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस २६ जुन,२०२६ को अवसरमा श्री पब्लिक माध्यमिक बिद्यालय धरान-१३ फुस्रे सुनसरीमा आयोजित कार्यक्रममा केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट उक्त विद्यालयका विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै केन्द्रबाट संचालन गरिएको लागूऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धीको सचेतनामुलक कार्यक्रमको केही झलकहरु ।  

यस केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा यस केन्द्रको शाखा आसरा सुधार केन्द्र पानवारी धरान सुनसरीमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेज्यू, आसरा सुधार केन्द्र पानवारी धरानका संचालन समितिका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु तथा अन्य अधिकृतज्यूहरु, उक्त केन्द्रका परामर्शदाताहरु, कर्मचारीहरु, उपचारमा रहेका उपचाररत सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको केही झलकहरु ।

नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान कार्यक्रममा “आसरा भित्तेपात्रो २०८३” बिमोचन गर्नु हुँदै केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यू ।

 

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा केन्द्र परिसरमा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान तथा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु,भोलेन्टियरहरु एवं उपचाररत सदस्यहरुको सामूहिक जन्मोत्सव कार्यक्रमको केही झलकहरु ।

 

केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको नियमित बजेटबाट नयाँ निर्माण हुने यस केन्द्रको कार्यालय/व्यारेक भवन केन्द्रकी समादरणीय अध्यक्षज्यूबाट शिलान्यास भएको कार्यक्रमका केही झलकहरु ।

 

मिति २०८२ साल मंसिर २६ गते केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूबाट केन्द्रको अध्यक्षताको पदभार ग्रहण गर्नु हुँदै । 

 

आज मिति २०८२ साल मंसिर २६ गते आसरा सुधार  केन्द्र रानीबारी परिसरमा समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको स्वागत कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी आदरणीय महासचिवज्यू तथा उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, केन्द्रकी आदरणीय उपाध्यक्षज्यू,  सचिवज्यू एवं कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, केन्द्रमा कार्यरत कर्मचारीहरु तथा उपचाररत सदस्यहरुको उपस्थितिमा केन्द्रकी सदस्य श्रीमती सुशिला रेग्मी अधिकारीज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती शामिला चालिसेज्यूबाट स्वागत मन्तव्य व्यक्त, उपचाररत सदस्यहरुबाट साँस्कृतिक कार्यक्रमको प्रस्तुती, केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूबाट केन्द्रको अध्यक्षको पदभार ग्रहण गर्नुको साथै आफ्नो प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै केन्द्रको स्थलगत अवलोकन निरीक्षण गर्नु भएको कार्यक्रमका केही झलकहरु ।

 

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनु भएको श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आसरा सुधार केन्द्र रानीबारीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमको केही झलकहरु ।

 

मिति २०८२ सालको बडा दशै शुभ दिपावली तथा नेपाल संवत ११४६ को शुभ अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमका केहि झलकहरू


मिति २०८२ साल जेठ १९ गते देखी ऐ. २२ गते सम्म जिल्ला दाङ घोराही उपमहानगरपालिकाको विभिन्न स्थानमा यस केन्द्रको आयोजना एवं घोराही उपमहानगरपालिका दाङको सह आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा  केन्द्रकी  समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको सभाध्यक्षतामा सम्पन्न भएको “लागूऔषध तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” का केही झलकहरु  ।

 

 

केन्द्रका उपचाररत सदस्यहरुलाई Psychiatric उपचार गर्नु हुँर्दै  पूर्व प्र.ना.म.नि. डा. अजित कुमार गुरुङज्यू ।

 

केन्द्रका उपचाररत सदस्यहरुलाई चेकजाँच गर्नु हुँदै General Physician प्रा.प्र.उ. डा. अच्युत बिक्रम हमालज्यू ।

 

आसरा सुधार केन्द्रका विभिन्न गतिविधिहरु । 

 

नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साईन्सेज महाराजगंजको नर्सिङ प्रमाणपत्र तह प्रथम वर्षमा अध्ययनरत तथा बीर अस्पताल हर्सिङ क्याम्पस महाबौद्ध काठमाण्डौका मास्टर इन नर्सिङ Psychiatric Nursing मा अध्ययनरत विद्यार्थीहरुबाट केन्द्रको अवलोकन एवं लागूऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धीको कक्षा पश्चातको सामूहिक तस्वीर  ।

 

नेपाल प्रहरी स्कुल अफ हेल्थ साईन्सेजको नर्सिङ्ग महाराजगंज काठमाण्डौद्धारा यस केन्द्रको अवलोकन भ्रमणमा आउनु भएका विद्यार्थीहरुसंग केन्द्रको अवलोकन तथा कक्षा संचालन पश्चात केन्द्रका कर्मचारीहरुसंगको सामूहिक तस्वीर र मनोहर माध्यमिक विद्यालय टोखा काठमाण्डौंमा “लागूऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रममा सचेतनामूलक कक्षा संचालन गर्नु हुँदै केन्द्रका परामर्शदाता।