कार्यक्रम तथा गतिविधिहरुः
मिति २०८२ साल मंसिर २६ गते केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूबाट केन्द्रको अध्यक्षताको पदभार ग्रहण गर्नु हुँदै ।
आज मिति २०८२ साल मंसिर २६ गते आसरा सुधार केन्द्र रानीबारी परिसरमा समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको स्वागत कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी आदरणीय महासचिवज्यू तथा उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, केन्द्रकी आदरणीय उपाध्यक्षज्यू, सचिवज्यू एवं कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, केन्द्रमा कार्यरत कर्मचारीहरु तथा उपचाररत सदस्यहरुको उपस्थितिमा केन्द्रकी सदस्य श्रीमती सुशिला रेग्मी अधिकारीज्यूबाट संचालन भएको कार्यक्रम राष्ट्रिय गानबाट शुरु भई केन्द्रकी आदरणीय सचिव श्रीमती शामिला चालिसेज्यूबाट स्वागत मन्तव्य व्यक्त, उपचाररत सदस्यहरुबाट साँस्कृतिक कार्यक्रमको प्रस्तुती, केन्द्रकी समादरणीय नव अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूबाट केन्द्रको अध्यक्षको पदभार ग्रहण गर्नुको साथै आफ्नो प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै केन्द्रको स्थलगत अवलोकन निरीक्षण गर्नु भएको कार्यक्रमका केही झलकहरु ।
नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनु भएको श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आसरा सुधार केन्द्र रानीबारीले आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमको केही झलकहरु ।
मिति २०८२ सालको बडा दशै शुभ दिपावली तथा नेपाल संवत ११४६ को शुभ अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमका केहि झलकहरू
मिति २०८२ साल जेठ १९ गते देखी ऐ. २२ गते सम्म जिल्ला दाङ घोराही उपमहानगरपालिकाको विभिन्न स्थानमा यस केन्द्रको आयोजना एवं घोराही उपमहानगरपालिका दाङको सह आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको सभाध्यक्षतामा सम्पन्न भएको “लागूऔषध तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” का केही झलकहरु ।
केन्द्रका उपचाररत सदस्यहरुलाई Psychiatric उपचार गर्नु हुँर्दै पूर्व प्र.ना.म.नि. डा. अजित कुमार गुरुङज्यू ।
केन्द्रका उपचाररत सदस्यहरुलाई चेकजाँच गर्नु हुँदै General Physician प्रा.प्र.उ. डा. अच्युत बिक्रम हमालज्यू ।
आसरा सुधार केन्द्रका विभिन्न गतिविधिहरु ।
नेपाल प्रहरी स्कुल अफ हेल्थ साईन्सेजको नर्सिङ्ग महाराजगंज काठमाण्डौद्धारा यस केन्द्रको अवलोकन भ्रमणमा आउनु भएका विद्यार्थीहरुसंग केन्द्रको अवलोकन तथा कक्षा संचालन पश्चात केन्द्रका कर्मचारीहरुसंगको सामूहिक तस्वीर र मनोहर माध्यमिक विद्यालय टोखा काठमाण्डौंमा “लागूऔषध विरुद्धको जनचेतनामुलक कार्यक्रममा सचेतनामूलक कक्षा संचालन गर्नु हुँदै केन्द्रका परामर्शदाता।